विवरण

click this link Website
pandulipi

उपल्लो थलो
मोहन मैनाली

मूल्यः US$7.95


“यस उपल्लो थलो, खोज पत्रकारिताका पारंगत व्यक्तित्वको अनुभव, ज्ञान र सीपको मन्थनको निचोड हो भन्ने कुरा यसको आध्योपान्त अध्ययनबाट निस्किएको ठम्याइ हो। एकजना पत्रकारले पत्रकारिताको सिलसिलामा, खोज र अनुसन्धानका क्रममा सँगेलेका टिपोटहरू, भोगाइहरू तथा अनुभव गरेका भावनाहरूलाई यति सहज, सरल र मिठासपूर्ण ढंगले अभिव्यक्त गरेका छन्, जुन अत्यन्त लोभलाग्दो छ।”

- इन्दिरा फुयाल, उपल्लो थलोका मसिना कुरा

“नेपाली जनजीवनमाथि नेपालीले लेखेका यति जीवन्त पुस्तक सायदै होलान् । …यो पुस्तक ती राजनीतिक नेता/कार्यकर्ताहरूका लागि बहुमूल्य रत्न हो, जसले राजनीति जनताका लागि हो भन्छन् । तिनलाई यसले राजनीतिको चलन चल्तीको अर्थ र परिभाषा कति फिका छ भन्ने वोध दिन्छ र जनताको जीवनमा दिगो र अग्रगामी सुधारमा जोडिएर मात्र राजनीतिको अर्थ खोज्न प्रेरित गर्दछ । र, ती राजनीतिक नेता/कार्यकर्ता र प्रशासकका लागि यो पुस्तक ऐना हो, जसले आफ्नो पद, कुर्सी र पैसा र दुनो सोझ्याउनु नै सबथोक हो भन्ने भन्ने बुझेका छन् । विकासविद् र योजनकारहरूका लागि पनि यो पुस्तक एउटा त्यस्तो सन्दर्भ सामग्री बन्न सक्छ, जसले गाउँको विकासको परम्परागत मोडलमा पुनर्विचार गर्ने सोच पैदा गरिदिन्छ ।”

- सुदर्शन घिमिरे, कान्तिपुर कोसेली, २०६९ पुस १४ गते शनिवार

“भनिन्छ लक्ष्यमा भन्दा यात्रामा भेटिनेहरुको सम्झना बढी हुन्छ । वरिष्ठ पत्रकार मैनालीले यात्रामा भेटिएका पात्र र दृश्यहरुलाई राम्रोसँग टिपेर पुस्तकमा लिपिवद्ध गर्दा पाठकका लागि निकै उपयोगी सामग्री तयार भएका छन् ।”

- रमेशकुमार पौडेल

 

‘उपल्लो थलो’ले अन्यायमाथि थप अन्याय नगर्न पढ्ने, पढ्ने र फेरि पनि पढ्ने समुदायलाई उत्प्रेरणा प्रदान गर्ने अपेक्षा गर्न सकिन्छ ।”

- गणेश पोखरेल

 

“माथि हिमाली भेकमा बसोबास गर्ने मानिसका दैनिक जीवनयापनमा भोग्नुपर्ने अनिवार्य दु:ख, कष्ट, हैरानी र वेदनाको फेहरिस्त निकै लामो हुन्छ । ती सबै कुरालाई निकै मिहिन ढ‌गले लेखिदिएर लेखकीय धर्म र सामर्थ्य देखाएका छन् लेखकले । उपल्लो थलो वृत्तचित्र हेरेजत्तिकै सफा र स्पष्ट छ ।”

- तारानाथ सापकोटा, सौर्य दैनिक, २०६९ असोज २७ गते

 

“Covering so much ground in such little space, Mainali proves to be one of the most resourceful Nepali writers, and Upallo Thalo is thus a welcome addition to the travel genre, rhythmic in its storytelling and comprehensive in its details.”

- Suresh Pranjali, The Kathmandu Post

 

“पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन…उपल्लो थलो सबैका लागि पठनीय र पत्रकारहरूका लागि विशेष उपयोगी छ।”

- सन्त गाहा मगर, हिमाल खबरपत्रिका

 

“हरेक शब्दले पस्केका दृश्यले किताब पढिरहेको होइन, उत्तरी गोर्खाको उपल्लो ग्रामीण भेगको रोमाञ्चक वृत्तचित्र हेरिरहेझैँ गराउँछन्। पढ्दापढ्दै ब्यागप्याक बोकेर मनास्लुको भर्जिन सुन्दरता पान गर्न दौडिहालेँ झैँ गराउँछ किताबले।”

- केपी ढुंगाना, नागरिक दैनिक

 

“मैनालीको भाषा सरल छ, सहज संप्रेषणीय छ र मार्मिक प्रसंगमा पुगेपछि अझ बढी प्रभावकारी बन्ने गर्छ। आफ्नो पेसाका कारण धेरैजसो समय क्यामेरामै खेल्ने भएर हो कि के हो, मैनालीका वर्णनमा तस्बिरमा हुनेजस्ता डिटेल, सबै कुरालाई रटि्ठो नबिराई जस्ताको तस्तै उल्लेख गर्ने शैली बलियो देखिन्छ। कलात्मक लेखनका हिसाबमा त्यो गुण होइन, दोष मानिन सक्छ।”

- हरि अधिकारी, नेपाल साप्ताहिक