विवरण

click this link Website
pandulipi

उही बाढी उही भेल
रवि प्राञ्जल

मूल्यः US$5.95



गजल -

 

दिन उस्तै रात उस्तै, उस्तै बिहान हुन्छ भने

मान्दिन म भोलि फेरि यस्तै बिधान हुन्छ भने ।

 

सयौँ जंघार तर्न सक्छु आँधी हूरी खप्न सक्छु

थाकें भने काख उस्कै मेरै सिरान हुन्छ भने ।

 

तयार हुन्छु मर्न लाई हाँसी हाँसी आजै

बरु मेरो भावी स्वरुपको आजै किटान हुन्छ भने ।

 

खोस्रन्न म माटो कतै रोप्दिन म फूल पनि

टुक्रिएर धरती मेरो फेरि चिरान हुन्छ भने ।

 

काटे हुन्छ झिके हुन्छ बिछ्याएका लाइनहरु

दवाइ सँगै मुहानमै विष मिलान हुन्छ भने ।

-'उही बाढी उही भेल'बाट