विवरण

click this link Website
barbarik

टुल्कु
होमराज आचार्य

मूल्यः US$6.95

 

अतिथि शयनकक्षमा प्रवेश गर्नुभन्दा अगाडि उनीहरूको सामुन्ने एउटी कामकु

षोडशी दुई हात जोडेर उभिएको देख्यो विक्रमले। अब यस केटीले के गर्ने हो भनेर विक्रमले

सोचिरहेको थियो, तर विक्रमलाई साथ दिइरहेकी एउटी यौवनाले त्यस नयाँ यौवनाको

ओठमा चुम्बन दिनासाथ उसका ओठहरू एकाएक विशाल कमलको फूलमा परिणत भए ।

 

“यो तपाईंको ओछ्यान हो अतिथि महोदय!”

 

अघिकी केटीको ओठबाट निर्मित कमललाई सङ्केत गर्दै विक्रमको सेवामा समर्पित

षोडशीले भनी।

 

विक्रम एकछिन अलमलमा पर्यो र अनभिज्ञताको निर्दोष मुस्कान निकालेर

दुवैलाई हेर्यो। केटीका ओठमा सुत्ने कुरा उसले कल्पना पनि गरेको थिएन। कमलको

ओछ्यानमा देवताहरू सुत्छन् रे भन्ने त उसले कथाहरूमा सुनेको थियो, तर त्यस्तो कमलमा

त देवताहरूले पनि सुत्न पाएका थिएनन्, त्यो चाहिँ उसलाई थाहा थियो।

केटीले ओठ खोली भने के गर्ने होला भन्ने कुराले अलि–अलि चिन्तित नबनाएको

होइन विक्रमलाई तर के गरोस् बिचराले! ‘ओठ खोलिछ भने मुखमा परिएला, परेमा पुगिएला

पुग्नुपर्ने ठाउँमा। यिनीहरू सभ्य छन्, त्यसैले मलाई अप्ठ्यारो नपार्लान्। नियति त्यही

रहेछ भने के गर्ने?’ सोच्यो उसले र साथमा आएका षोडशीलाई सोध्यो— “यस कक्षमा म

मात्रै सुत्ने हो कि अरू कोही पनि रहने छ?”

 

“हामी दुइटी तपाईंसँग सुत्ने छौँ।”

 

“के रे!?” विक्रमले सोध्यो विस्मित हुँदै। दुवै मरी–मरी हाँस्न लागे।

 

विक्रमले पनि केही क्षणापछि अबोधपनालाई भङ्ग गर्दै उनीहरूलाई हाँसोमा साथ

दिन थाल्यो। “अतिथिहरूलाई एक्लै छोड्ने चलन हेज राज्यमा छैन।” विक्रमले एकदम

दिग्भ्रमको अवस्थामा आफूलाई पाएको महसुस गर्र्यो र मनमनै सोच्यो— ‘विलासिताको

यत्रो व्यवहार छ यिनीहरूको तर पनि वैज्ञानिक प्रविधिमा यिनीहरू संसारमा सबैभन्दा

अब्बल देखिन्छन्।’ विक्रमलाई उनीहरूको व्यवहार विलासिता हो या सामाजिक संरचनाको

प्रक्रिया हो, खुट्याउन असजिलो परिरहेको थियो। सोचमा यसरी मग्न भइरहेको बेला एउटी

सुन्दरीले उसको कुममा बिस्तारै हात राख्न खोज्दै थिई, विक्रम डरले झस्कँदै उफ्रियो।

विक्रम त्यसरी उफ्रिएको देखेर ती दुई केटी पेट मिचीमिची हाँसे। एउटीले एकछिन हा“सो

थामेर भनी— “खै, मेरो हातमा त काँडा भएजस्तो लाग्दैन!”

 

फेरि खित्काका लहरहरूले अतिथि शयनकक्ष झङ्कृत हुन पुग्यो।

 

“केटीदेखि तपाईं साह्रै डराउनुहुँदो रहेछ..... हैन?”

 

विक्रमलाई निकै लाज लाग्यो। उसको गालामा रक्तप्रवाह बढ्न लाग्यो।

 

“तपाईंहरूजस्ता अप्सराहरूसँग डर लागेन भने त बित्याँस पर्ला नि भनेर डर मानेको।”

 

“बित्याँस पर्दैन मानवसखा! हेज राज्यमा हरेक कुराको स्थान छ। फेरि शयनकक्षमा

परेको बित्याँस शयनकक्षमै रहन्छ।” अनि आ नी सँगिनीको मुखमा हेरेर अर्कीले भनी—

“हामी बित्याँस पार्न भनेर नै खटिएका हौँ। साँच्चै, मान्छेहरूसँग हामीले बित्याँस पार्ने खेल

खेल्ने मौका कहिल्यै पाएका थिएनौँ। आज संयोगले मिलेको छ।”

विक्रमका आँखामा एकाएक निद्रा यसरी झुण्डियो, उ उनीहरूको प्रश्नको जवाफ

दिन नपाईकन लप्रस्स पर्र्यो।

 

दुवैले विक्रमलाई आ नो बाहुपाशमा थापेर बिस्तारै ओष्ठकमलमा लडाई आफूहरू

पनि दायाँबायाँ लडे।

(यसै उपन्यासबाट)