विवरण

click this link Website
pandulipi

थकित पृथिवी
विजय हितान

मूल्यः US$4.45



विजयका कथा वर्तमान परिप्रेक्ष्यमा एउटा सीमाहीन भूमिमा उभिएर लामो अनुभव र

शिक्षा प्राप्त गरेको एक जना नेपालीले जगत्लाई हेर्दा यो जगत्को बीचमा एक नेपालीलाई

हेर्दा देखिने दृश्यभूमि हो । स्रष्टाको अनुभव नेपाली परिवेशबाट केही मिसिन्छ, केही सैन्य

सेवाबाट आउँछ, केही हङकङको र अरू बेलायतको पृष्ठभूमिबाट आउँछ । सबै पढ्दा सारांशमा

लेखक विजयकै जीवनी र कार्यलाई कथामा परिणत गरिएको प्रष्ट हुन्छ । नेपाली जातिले

यतिखरे मूलभूमिबाट उखेलिँदै अर्को–अर्को भूमिमा जरा टेक्दै पलाउन खोज्दै, पलाउन

नसक्तै हिँडिरहेको परिवेश छ । यस्तो नेपाली जातिको सङ्ख्या लाखौँ पुगेको वर्तमान

परिस्थितिमा एक शिक्षित नेपालीले आफ्नो केही गुमाउँछ अरूको केही समाउँदै ऊ अस्थिर

भएर जीवन भोगिरहेको हुन्छ । यस प्रकारले यतिखेर नेपाली जातिको ठूलो सङ्ख्या साँच्चै

ग्लोबल भएको छ । अनेक डायास्पोरिक जीवन भोग्दाभोग्दै एउटा अन्तरसांस्कृतिक,

अन्तरदेशीय, सीमाहीन विश्वतिर ऊ धकेलिएको छ । त्यो नेपालीको मात्र होइन वर्तमान

विश्वले यसका अनेकौँ देश र जातिले नै अनुभव गरिरहेको एउटा साझा चरित्र हो । यस्तो

जनसङ्ख्याले उत्पन्न गरेका साहित्यमा मिश्रितता हुन्छ । व्यापक नवीनता, अनेक स्थान

र संस्कृतिका अंशहरु जोडिएका हुन्छन् । यस्तो डायास्पोरिक जीवनको अध्येताको निमित्त

विजयका कथा धेरै राम्रा सामग्री हुनेछन् । बेलायतबाट यसअघि प्रकाशित जया राईका

एवम् सुरेशजंग शाहका कथाहरुको विश्लेषण गर्दा पनि त्यस्तै अभिलक्षणहरु पाइन्छन् ।

विजयका कथा सरल र पठनीय छन् । भाषाको सरलताले त्यो भएको हो । विचार र कथानक

पनि सरलरेखामा छन् । त्यसो त सैन्य जगत् चिनाउने हङकङ र बेलायती जीवनभित्र

विभिन्न संस्कृति चिनाउने केही कथाले अवश्य पनि नवीनताको आस्वादन प्रदान गनर्छेन्

। त्यसकारण वर्तमानले बिस्तार गरिरहेको अनेक संस्कृति केन्द्रहरु, अन्तराष्ट्रियतावाद

सीमाहीनता जस्ता अवधारणालाई विजयका कथाले राम्रो दृष्टान्त दिनेछन् ।

त्यसैकारणले अनेक डायास्पोराका वितरित नेपाली जातिको ज्ञान, जीवनशैली र चिन्ता

बुझ्न यी कथा पढ्नु अपरिहार्य छ । खासगरी डायास्पोरिक साहित्यको अध्यय/विश्लेषणमा

इच्छुकहरुको निमित्त यो एक सुन्दर प्रतिमान हुनेछ । यसका साथै यी प्रत्येक कथा

सकारात्मकताले युक्त छन्, र कुनै न कुनै सन्देश प्रवाहित गरेका छन् । डायास्पोरा अध्ययन

र सैन्य साहित्य सम्बन्धी विस्तार भइरहेका नयाँ ज्ञानका शाखामा अबको नेपाली पाठक

अत्यधिक मात्रामा परिचित हुन चाहन्छ कारण हाम्रो जति नै ग्लोबल आँगनको एक पात्र

भएको छ । त्यसो भएर पनि लेखकको स्वदेश प्रेम, स्वजातिप्रेम उदाहरणीय छ । उनका

कथाबाट निबन्धात्मकता फुक्लिँदै गएर अझै कलात्मक हुनेछन् भन्नेमा विश्वस्त छु ।

सष्टाले जति अनुभव आर्जन गर्न सक्यो त्यति सिर्जना गर्ने हो । यी प्रत्येक रचनामा

पाठकले लेखक विजयको व्यक्तित्व, सोच, शिक्षा र जीवन कथा पाउने छन् ।

 

- डा. गोविन्दराज भट्टराई