विवरण

click this link Webseite
pandulipi

तेस्रो किनारा
अभय श्रेष्ठ

मूल्यः US$5.95


विवरण

अभय श्रेष्ठको कथाको आत्मीय भाषाले पाठकलाई आफ्नै कथा पढेको अनुभूति गराउँछ । यीमध्ये सबर्ल्टन वर्गमा केन्द्रित अधिकांश लामा कथा पहिलोपल्ट यसै सङ्ग्रहमा राखिएका हुन् । पूर्वप्रकाशितमध्ये चर्चित तीन कथा त्यतिखेर लेखिएका हुन् जब उनी चंकी श्रेष्ठका रुपमा चिनिन्थे ।


पञ्चायतको पृष्ठभूमिमा लिखित 'अ.त.को सत्याग्रह' किताबको सबैभन्दा लामो र महत्त्वपूर्ण कथा हो जो आफैँमा नलेखिएको एउटा इतिहास हो । राजनितिबारे थाहा नभएका सीमान्तकृत वर्गका दुई किशोर गान्धी र सुकरातको कुरा गरेकै कारण अ.त. (अराष्ट्रिय तत्व) कहलिन्छन् र अनेक दुःख झेल्छन् । तीमध्ये एकको हत्या हुन्छ । एक किशोरको मृदु स्मृति शैलीमा लिखित यो कथा अराजनीतिक पृष्ठभूमिबाट थालिएर चरम राजनीतिक मोडमा टुङ्गिन्छ । 'तेस्रो किनारा' माओवादी जनयुद्धको पृष्ठभूमिमा लिखित अभागी कमैयाको अत्यन्त मानवीय कथा हो । कथित दुर्घटनामा दिवंगत कलाकार पिताको हत्या भएको पत्तो पाउँदा एक किशोरको मनस्थित कस्तो होला ? 'महान कलाकार'मा त्यसको संवेदनशील चित्र छ ।


'निर्वाण' चरम जातीय पीडा भोगेको एक युवकको बुद्धत्वप्राप्त प्रेमको संवेदनापूर्ण कथा हो । 'सङ्घर्ष', 'अजम्मरी', 'बेग्लै मान्छे' आत्मसंस्मरण शैलीका हृदयस्पर्शी कथा हुन् । 'सम्पादकको हृदय', 'खबर, कहर र जहर' नेपाली पत्रकारितामा केन्द्रित चरम व्यंग्यात्मक कथा हुन् । 'महाभारत'मा आधुनिक राजनीतिक त्रासदीलाई महाभारतकालीन युगसँग तुलना गरिएको छ । 'सुमेरुमा द्रौपदी' नारीको संवेदनामाथि लिखित विद्रोही कथा हो । साम्प्रदायिक दङ्गाभित्रको मानवीय कथा 'भुरुवा' देखि पुँजीवादमा संवेदनाको सङ्कटमाथि लिखित 'मोडेल', 'झुमीः सङ्गीत तपाईँकै लागि', 'अमेरिका' जस्ता अत्यन्त तीख्खर कथा यसमा छन् ।