विवरण

click this link Website
pandulipi

टापुका स्वरहरू
सीमा आभास

मूल्यः US $ 3.95


यो टापु उहिल्यै फुटपाथमा सुन बेच्न राख्थ्यो र छिमेकीकोमा लाम्पाते सर्तुी मागरे

सल्काउँथ्यो । लामो सुर्को तानरे धुँवाले छोपिन्थ्यो । सुनका पहेँला शिरफूल, कानफूल,

रेजी, चन्द्रहार र लाकीमा सजिएर धाननाच, साकेलानाच नाच्थ्यो । मारूनी र सोरठीमा

रमाउँथ्यो । दोहोरी र रोधीमा हराउँथ्यो । मादलको घिन्ताङमा कर्मर मर्काइ–मर्काइ

नाच्थ्यो । साँझमा लालुपाते ओठले सुरिलो स्वरमा बिनायो र मुरली बजाउँथ्यो । सारङ्गी र

मुर्चुङ्गामा ताल मिलाएर छम्छम् पाउजु बजाउँथ्यो ।

अहिले, साँझ पर्नुअघि फलामे चेनगेटमा पस्छ । गोही, सर्प, गाँजाको पात, चितुवा,

मुर्कुट्टा कुँदिएका ब्रासलेट, लकेट र नक्कली गहनाले पुरिएर ढङ्ग नमिलाई नाच्न खोज्छ

। सिगारको धुँवामा रगमगिन्छ । ड्रमसेट, गिटार र भ्वाइलिनको सूर र ताल पक्रिन

नसकी कुम हल्लाउँछ । यसले बिसिर्न खोजेको झ्याउरेलवज, अङ्ग्रेजी पपमा निस्किन्छ

। नीलोबत्तीको मधुरो प्रकाशमा अबेलासम्म पसिना–पसिना हुन्छ । अनि, विदेशी ठर्रा

गन्हाउने अत्तर दलेर छचल्किँदै निस्कन्छ ।

(टापुबाट)

 

मान्छे कन्टेनर हो मसानघाट । घरको जूठेल्नोजस्तो मान्छे फाल्ने जूठेल्नो हो मसानघाट

। त्यसैले, म मसानघाटमा बस्न मन पराउँछु । चिहानको साधना गर्न मन पराउँछु ।

मैले चिहानको साधना गर्नेक्रममा स्त्रीलाससँग सम्भोग गरेको छु । मैले स्त्रीलाससँग

सम्भोग गर्दा जीवित र मृतमा एउटामात्र फरक पाएको छु । त्यो के भने जीवित स्त्रीमा

तातोपन आउँछ । त्यो तातोपनले सम्भोग गर्दा अत्यन्त आनन्दको अनुभूति दिन्छ । तातोले

आनन्दको राप थपिदिन्छ । तर, मृत स्त्रीमा त्यो तातोपन हुँदैन । आनन्दमा चाहिँ कुनै कमी

आएको पाइनँ मैले । सम्भोग गर्दा आएको वीर्यपान गर्छु । त्यसलार्इ शरीरमा सेचन गररे

प्रशोधित अमतृ निकाल्छु र दिमागमा पठाउँछु । त्यही अमृतको शक्तिले शरीरलार्इ गाइड

गर्छु । सम्भोग गरिसकेपछि त्यही स्त्रीलासमाथि बसेर योगा गर्छु ।

दुनियाँ अघोरी हो । मान्छे अघोरी हो । पृथ्वी अघोरी हो । ब्रह्माण्ड अघोरी हो ।

मानवसमाज अघोरी हो । घृणा अघोरी हो । प्रेम अघोरी हो । मोह अघोरी हो । स्वीकार र

तिरस्कार अघोरी हो । हामी आफैँ, आफैँसँग अघोरी हौँ । अस्तित्वमा आएका सबै कुरा अघोरी

हुन् । डायरीको अन्तिम पृष्ठमा पनि शुरूको पृष्ठको जस्तै “संसार अघोर छ” लेखिएको रहेछ ।

(डायरीबाट)

 

गठिलो जीउ भएको इन्स्पेक्टरले फायल हेर्दै भन्यो “ए... यस्तो पो रहेछ...?” आदेश दियो

“तिनलाई त्यहीँ महिला सेलमा राख्नू ।” अलिक परतिर उभिरहेको च्याम्से हवल्दारलाई

आदेश दिँदै भन्यो “यी केटाहरूलाई ऊ त्यो भित्र लगेर राख्” अगाडिको सानो अँध्यारो कोठा

देखायो ।

“हस् सा’प !” सलाम ठोकेर हवल्दार केटा भएतिर गयो । सानो र अँध्यारो कोठाको

साँचो खोल्यो र पालैपालो कोठामा पसायो । तिनी पनि असईले इशारा गरेतिर बढिन् । म पनि

उनकै पछि लागेँ ।

“अब यहीँ थुनिनु पर्ने भयो हैन बहिनी ?” मैले भनेँ ।

“सिसा नचर्किउञ्जेल मात्र फुट्ला भन्ने पीर । चर्किएर धाँजा परिसकेपछि फुट्छ

भनरे के डराउनु ?” असईतिर हेर्दै भनिन् “मलार्इ जे जसो गरे पनि मेरो गर्भ थुन्ने कानुन

त छैन होला नि !”

असईले स्तब्ध बनेर उनलाई हेरिमात्र रही ।

इन्स्पेक्टर कर्के आँखाले तिनीलार्इ हेरेर टोलाइरह्यो ।

(छापाबाट)