विवरण

click this link Website
pandulipi

सुदूर लालीमा
सुवास संगम राई

मूल्यः US$ 2.45

 

म पनि त मान्छे नै हुँ, केही गल्ती हुन्छ नानु ।
तर कसम तिम्रो यादले, मेरो मुटु छुन्छ नानु ।

 

हजार गल्ती गरेँ हुँला, करोड माया गर्छु आखिर,
भेट्न आऊ मध्य राती, पूर्णिमाको जून छ नानु ।

 

दुइटा मुटु एउटै लाग्छ, सायद यस्तै सम्झिनाले,
तिमी रोको चित्कार सत्ते, यो मुटुले सुन्छ नानु ।

 

मनको नाता मनले चिन्छ, र नै होला जहिले पनि,
मेरो मनले आफ्नो भनी, तिमीलाई चुन्छ नानु ।

 

सक्दिनँ म भुल्नलाई त, भुलूँ पनि खै कसरी ?
यतातिर चोखो माया, उता तिम्रो गुण छ नानु ।

 

मलाई छाडी अरूलाई नै जङ्घारहरू तार्‍यौ किन ?
नफुल्दैको हाम्रो माया कोपिलामै झार्‍यौ किन ?

 

ती विगतका यादहरू छुट्ने बेला कोट्याई रहेँ,
तर तिम्ले कुरा काट्दै मलाई त्यसै टार्‍यौ किन ?

 

दिलको बारी तिम्रै नाउँमा राजिनामा गरेको थेँ,
फेरी आज लत्याएर तिम्ले बसाइँ सार्‍यौ किन ?

 

जिन्दगीका गोरेटोमा सधैँ साथ दिन्छु भनि,
दोबाटोमा हात छोडी मलाई एक्लै पार्‍यौ किन ?

 

मनको राजा ठानेर म पुज्ने गर्थें तिमीलाई नै,
तिम्रै प्रीतको पुजारीलाई रेटी रेटी मार्‍यौ किन ?