विवरण

click this link Website
pandulipi

सेती पनि काली पनि
प्रतीक ढकाल

मूल्यः US$5.95



प्रख्यात नियात्राकार प्रतीक ढकालको यो सङ्ग्रह सेती पनि काली पनि साझाले निकाल्ने विज्ञप्ति अनुसार बिक्रीको आधारमा २०६४ सालदेखि २०६७ सालसम्म लगातार द्वितीय स्थानमा रहन सफल भएको थियो । प्रथम स्थानमा भने उहाँकै नियात्रा सङ्ग्रह हिमालपारि पुगेपछि रहेको थियो ।

- पाण्डुलिपि बुक्स


नेपालको मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल क्षेत्र दुवै विकट, दुर्गम र अभावग्रस्त स्थानहरु अधिक भएकामध्ये पर्दछन् । तुलनात्मक रुपमा राजधानी स्वयम्ले भुलेका र थाहा नभएका ठाउँ र अवस्था त्यहाँ पुग्दा थुप्रै भेटिने हुन्छन् । ती क्षेत्र दुःखमाथि अडेस लागे तापनि मन भने मीठो हुने ठाउँमा पर्दछन् । नाउँ–गाउँको एकेक उल्लेख र अवस्थाको सजीव चिनारी निबन्धले  गराएको पाइन्छ । मर्ममधुर स्थिति र घटनाको चित्राङ्कन एवम् माटोको चिनारीले कृतिलाई उल्लेख्य बनाएको छ भन्न सकिन्छ । यस सङ्ग्रहको प्रकाशनले नेपाली साहित्यमा आफ्नै किसिमले योगदान पुर्‍याउनेछ भन्ने आशा गर्दछौं ।

- साझा प्रकाशन