विवरण

click this link Website
pandulipi

समयबोध र उत्तरआधुनिकता
डा. गोविन्दराज भट्टाराई

मूल्यः US$8.95



दुई हजार चालिसको दशकदेखि यस (उत्तरआधुनिक) पदले नेपाली वाङमयमा प्रवेश गरेको हो । दुई दशक बिते यस विषयको व्याख्या विश्लेषणमा, समर्थन र विरोधमा । दुई दर्जन कृति र सयौँ फुटकर रचना, विचार तथा अन्तर्वार्ता प्रवाहित भए र हुँदै छन् । अझै पनि यो हाम्रो प्राज्ञिक वा बौद्धिक जगतमा एक अर्ध–पराइजस्तो (अ)परिचयमा रहेको छ । यस्तो हुनाका तीनवटा कारण छन् —

(क) उत्तरआधुनिकताले अनेक दर्शन चिन्तनको आवरणमा प्रवेश गरेपछि मात्र अर्थ दिने हुनाले र यसको अतिव्याप्तिले यो दुज्र्ञेय लागेको हुन सक्छ,

(ख) परम्पराबाट यसको व्यापक विचलन भएकाले परम्परावादीबाट यसप्रतिको अनास्था प्रकट भएको हुन सक्छ र

(ग) समाजको ठुलो अंशलाई अझ विचार, दर्शन र सिद्धान्तको वृत्तलाई यथास्थितिवादी (विशेष गरी भौतिकवादी) विचारले अद्यावधि जकडिरहेको हुनाले त्यसको दृष्टिमा यसको उध्र्वगामिताले सधैँ प्रतिरोध खप्नु परेको हुन सक्छ ।