विवरण

click this link Website
barbarik

रक्तकुण्ड
कृष्ण अविरल

मूल्यः US$4.95

 

‘रक्तकुण्ड’ लोकतान्त्रिक गणतन्त्रको घोषणापत्र हो ।

– डा. बाबुराम भट्टराई, वरिष्ठ नेता, नेकपा (माओवादी)

‘रक्तकुण्ड’ सामान्तीसत्ताका रक्तरञ्जीत अवयवहरूलार्इ नाङ्गेझार गर्ने सुन्दर

उपन्यास हो ।

– प्रदीप नेपाल, साहित्यकार तथा नेता नेकपा (एमाले)

नेपालको शाह राजसंस्थाको परम्परालाई यथार्थ र गहिराईमा बुझ्न यो उपन्यास

महत्वपूर्ण माध्यम बन्नसक्छ ।

– नरहरि आचार्य, लेखकक तथा गणतन्त्रवादी नेता, नेपाली काँग्रेस

अहिलेको परिवर्तन प्रकृयालाई यो पुस्तकले सघाउँछ ।

– खगेन्द्र संग्रौला, प्रगतिशील साहित्यकार

राजतन्त्र सक्कली अनुहार थाहा पाउन ‘रक्तकुण्ड’ पढ्नैपर्छ ।

– कृष्ण पहाडी, मानवअधिकारवादी

“भगवानले तपाईँलाई यही उपन्यास लेख्नकै लागि जन्मदिएको जस्तो लाग्यो । तपाईँको

साहसलाई बधाई छ ।”

– नीलिमा गुरुङ, पूर्व मिस नेपाल, पोखरा

 

उपन्यासभित्रबाट –

महेन्द्र सरकारको हिमचिमले कुमारी अवस्थामै रत्न सरकारको पेटमा बच्चा रहन गएको

थियो । अप्रेसन गर्दा त्यस्तै तीन महिनाको थियो क्यारे । त्यो अप्रेसनसँगै कहिल्यै बच्चा

हुन नसक्ने अर्को अप्रेसन पनि गरिएछ । मलाई लाग्छ, रत्न सरकार बन्ध्याकरण गर्ने

पहिलो नेपाली महिला हो ।

महेन्द्र सरकार स्वर्गबासको कारण हर्टएटेक होइन, आत्महत्या हो । महेन्द्र सरकारको

भारतकी तत्कालीन प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीसँगको खटपट नै आत्महत्याको

प्रमुख कारण हो ।

हाम्रो राजपरिवार ठकुरी होइनन् मगर हुन् । पृथ्वीनारायण शाहका मावली र ससुराली दुवै

मगर भएकोले पनि यो कुरा प्रमाणित हुन्छ । किनकि त्यसबेलामा अन्तरजातीय विवाह

गर्न सम्भवै थिएन ।

एश्वर्य सरकारले एकपटक आफैले एउटी केटी खोजेर पठाइबक्सेछ । जब वीरेन्द्र सरकार

उनीसँग रमाइलो गर्न थालिबक्स्यो, एश्वर्य सरकारले रंगेहात फेला पारिबक्स्यो । भरत

गुरुङ, डीबी लामा केटी मिलाइदिएको अभियोगमा पदबाट निष्काशित भएका हुन् ।

दीपेन्द्र सरकारलाई फँसाउने तानाबाना जुनबेला बुनियो, दरबार हत्याकाण्डको तयारी पनि

त्यसैबेला भएको थियो ।

एडिसि गजेन्द्र बोहोराले 'दीपेन्द्र सरकारको लासको छेउमा कुनै हतियार थिएन' भनेर

छानबिन आयोगसँगको बयानमै भनेका छन् । आत्महत्या गरेको भए लासको छेउमा हतियार

हुनु पर्ने होइन र ?

बेकारमा मानिसहरु कुरै नबुझी दीपेन्द्र सरकारको विवाहको किचलोका कारण राजदरबार

हत्याकाण्ड भयो भन्छन् । सुप्रिया शाहसँग डेढ वर्षअघि नै विवाहको टुंगो भइसकेको थियो

भने डेढ वर्षपछि आएर किचलो हुन्छ कहीँ ? त्यो पनि कुरा छिनिसकेपछि तोड्न नमिल्ने

हिन्दू परम्परामा ।

तपाई मान्नुस् राजदरबार हत्याकाण्ड शतप्रतिशत योजनाबद्ध षडयन्त्र हो । घटना

भएको त मेरो आफ्नै आँखाले देखेको…………………..।