विवरण

click this link Website
pandulipi

रहर भो जिन्दगी
भगवती बस्नेत

मूल्यः US$ 1.95

 

भगवती बस्नेत नेपाली गजलमा एक नयाँ नाम हो । तर भगवतीका गजलहरू पढ्दा उनमा प्रशस्त प्रौढता झल्किन्छ । यो प्रौढता विषयको चयनदेखि लिएर संरचनाप्रतिको सजगता र सचेततासम्ममा देखा पर्छ । गजलका बारेमा चर्चा हुँदा सधैँ दर्इु कुरा उठ्ने गर्छन्, पहिलो हो–गजलमा भाव पक्ष बलियो हुनुपर्छ र यसको संरचना वा रूप गौण हो, त्यसैले संरचना नमिले पनि हुन्छ र दोस्रो कुरा हो– गजलको व्याकरण वा संरचना प्राथमिक कुरा हो त्यसैले भाव पक्ष गौण हो । तर हामीले बझ्नुपर्ने मूल कुरा के हो भने भाव जतिसुकै उत्कृष्ट वा शाश्वत भए पनि गजल संरचनाभित्र आवद्ध छैन भने त्यो रचना अरू कुनै विधा होला तर गजल हुन सक्दैन । अर्को कुरा रदिफ–काफिया र लयसहित गजलको सम्पूर्ण सरंचनात्मक पद्धतिको निवार्ह त भएको छ तर त्यसमा मन–मस्तिष्कलाई छुनसक्ने भावको चमत्कार छैन भने रूप मात्र मिलेको त्यस गजलको पनि कुनै अर्थ हुन्न । त्यसैले गहिरो भाव वा विषय सम्पूर्ण सौन्दर्यसहित गजलमय भएर अभिव्यक्त हुनु जरुरी छ । यस अर्थमा गजलकार भगवती बस्नेतको गजलकारिता यस कुरातर्फ गम्भीरतापूर्वक उन्मुख छ ।

 

- ललिजन रावल