विवरण

click this link Website
pandulipi

पोर्टर बा
छम गुरुङ

मूल्यः US $ 3.95


काठमाडौँ छोड्दै–छोड्दै

 

डेराको ढोकाको आवाजले पनि
मलाई ‘जाऊ’ भन्न सकेन
किताबहरूको जुलुसभित्र हिँड्दै
आफ्नै मिल्दोजुल्दो कथा बालेर
दिन–रात चपाइएका अक्षरहरूको एकेक बिम्बको ऐनामा
स–सानो अनुभवले उनेर
काठमाडौँ–कविता नियाल्दै
पड्किन लागेको बमजस्तो जीवनको क्षण समेत यहीँ बिताएर
केही वर्षको पखेटा काटी
वर्षहरूकै उखेलिएका प्वाँखले उड्दै–उड्दै
सबेरै अँधेरो चिर्दै
अनेक इच्छाहरू खसाली अधुरा स्वप्न–गलैँचाभरि
जहाँ काठमाडौँ उम्रनु पर्ने हो
उहीँ नै रोपेर जाँदैछु— गाउँ

साँझले
कविहरूको आवाजको वस्त्र पहिर्‍याएको याद आउन खोज्दैछ
कविहरूकै गरम जमातले तताउँदा
सहर तातेको याद आउन खोज्दैछ
आवाजहरूको फोक्सभित्र फन्को मार्दै
शब्दहरू डुलिरहेछ मैभित्र
हलुका नोस्टाल्जियाहरूले गीत गाएर
कविताहरू उठिरहेछ मैभित्र
सबेरै काँचो उज्यालो तान्दै
यतै काठमाडौँ धकेलेर जाँदैछु— गाउँ

पैतालामुनि भएर पनि काठमाडौँ नकुल्ची उतै गाउँ जाँदैछु
आँखैमा बसेर पनि नहेरी लुकाएर काठमाडौँ छोपी लैजाँदैछु
डेराको ताल्चाको नाइटोमै छोडी काठमाडौँ
चाबीचैँ लिई गाउँ पस्दैछु
दशेले वास्ता गर्न बिर्सेको
भी.सी थमन गुरूङको जन्मगाउँ
सिङ्लामा
सोल्टिनीको सिङ्गापुरे च्यादरझैँ आकाशबाट यौटा तारा भै
खस्दैछु !