विवरण

click this link Website
pandulipi

पीडा अवतार
गोवर्द्धन पूजा

मूल्यः US $ 2.95


कवि र बुद्ध

ज ब कविता लेख्न थाल्छु
श्रीमती रित्ता भाँडा बजाउँदै
भान्छामा अभाव–राग अलाप्न थाल्छिन्

छोरा विद्यालयको शुल्क नतिरे
घरमै सुतिरहने घुर्की दोहोर्‍याउन थाल्छ

छोरी नयाँ लुगा नल्याइदिए
नबोल्ने अभिनय गर्न थाल्छिन्

तब म चुपचाप
बुद्धत्व प्राप्तिका खातिर ध्यानमग्न हुन्छु

छिमेकी खसी डोर्‍याउँदै दसैँ भित्र्याउँछन्
म पिँढीमा बसेर जप गर्न थाल्छु–
'अहिंसा परमो धर्म'

साहू–महाजन ऋण असुल्न आइपुग्छन्
म हात जोडेर भन्छु–
'सेवा हि परमो धर्म'

भातको कसौँडीमा चामल नखस्दा
म आकाशतिर हेरेर भन्छु–
'सन्तोषं परमम् सुखम्'

तब मनमा एउटा प्रश्न जन्मिन्छ–

के कवि र बुद्धको भनेको एउटै व्यक्ति हो ?