विवरण

click this link Website
pandulipi

फर्केर हेर्दा
सरीता अर्याल

मूल्यः US$5.95

भोलिपल्ट प्रनिता र म सँगै निस्कियौँ घरबाट कामका लागि । जब भेट भयो, प्रनिताले गफ शुरु गरीहाली । ऊ भन्न थाली— रमेशले हिजो फोन गरेर सुत्नै दिएन । तीन बजे सुतेकी । निँद नपुगेकाले आँखा बिझाइरहेका छन् । मैले मुस्कुराउँदै भनेँ— तिम्रो श्रीमान्को फोननम्बर देऊ, म फोन गरिदिन्छु । तिम्रो जार आयो है भनेर । मेरो कुरा सुनेर ऊ खुलेर हाँसी ।


केही बेरपछि सामान्य भएर भन्न थाली— म के मान्छे होइन र ? शरीरले एकपटक पाइसकेको कुरा फेरि माग्दैन र ? के मेरो श्रीमान् मात्र म नै भनेर बसेको होला त ? मन लाग्यो भनेर मैले पनि साँडे खोजेको गाईजस्तै कराउँदै हिँड्नु पनि त भएन । मनलाई थामेर बसियो । मानिस र पशुमा त्यही  त फरक हो । चार वर्षदेखि मनले खाएको मान्छे भेटेकी थिइनँ । रमेश हेर्दा आकर्षित भएकी छु । ऊ पनि विवाहित रहेछ, दुई सन्तानको बाबु । त्योभन्दा धेरै त सोध्नै सकिनँ ।


मनको कुरा पनि गर्न सकिनँ । मैले जि‚क्याएँ— किन नभनेकी त ? फोनमा भने भइहाल्यो नि । मुख देखिँदैन, अनुहार रातो भएर जीउ लगलग कामे पनि उतापट्टिको मान्छेले देख्दैन त ! अनि मैले सम्झाएँ— तर सोच, तिमी विवाहित । धेरै सोच है ।

उसले भन्दै गई— हो, मैले पनि ऊ बाहेक केही सोच्न सकेकी छैनँ । डर त छ । भोलि माया प्रीति गहिरियो भने मेरो पनि बर्बाद, उसको पनि बर्बाद । हामी मात्र छैनौँ । हामीसँग अरू पनि जोडिएका छन् । समाज छ । इज्जत छ । त।र ... ऊ गम्भीर भई ।
अनि तिमीले खोजेको के त ? मैलै सोधेँ ।


एउटा पुरुष जसाले मेरो शररƒको भोकलाई शान्त पार्न सकोस, उसले आफ्नो भावना पोखी ।

 


त्यसका लागि त मेसिन किने भैहाल्दछ नि, मैलै सल्लाह दिएँ ।
उसले दिल खोली— होइनहोइन मलाई त मन मिल्ने साथी पनि चाहिएको हो, जसले मेरो मनलाई बुझोस् । मैले सोधेँ— रमेशले तिमीलाई बुझ्दछ त ? ऊ परिवार भएको मान्छे । श्रीमती र छोराछोरीलाई पनि त माया नै गर्छ होला । उसाले तिमीलाई माया गर्छ नै भन्ने पनि त छैन । ऊ त ऊ, के तिमी पनि उसलाई दिलैदेखि माया दिन सक्छ्यौ ? यत्तिका वर्ष एक जनाले
छोएको शरीरमा परपुरुषको हात पर्न दिन सक्छ्यौ ? तिम्रो शरीरसित खेलेर मात्र छोड्यो भने के गर्छ्यौ ?


दिदी, प्लीज डर नदेखाउनु होस न । हजुर नै भन्नुहोस् म के गरूँ ? उसले याचना गरी । मैले बुझेँ उसलाई कस्तो सल्लाह चाहिएको हो ।


मलाई प्रनिताका बारेमा धेरै कुरा थाहा भैसकेको थियो । ऊ उच्च घरानाकी छोरी र बुहारी, आफ्नै पहिचान बनाएकी महिला । पैँतिस वर्ष नाघेपछि यो पाइला चाल्न गइरहेकी थिई । म के नै भन्न सक्थेँ र ! ऊ भन्दै गइरहेकी थिई— मलाई मेरो इज्जत पनि प्यारो छ । मलाई मेरो श्रीमान् र छोरा छोरीको पनि धेरै माया लाग्छ । तर पनि किनकिन मनले एउटा पुरुष खोजेको हो । न्यूयोर्क बसुन्जेलका लागि । त्यसैले मैले नेपाली केटा, त्यो पनि परिवारको जिम्मेवारी लिएको मान्छे खोजेकी हुँ । यस्तो मान्छेसित नराम्रो नै भइहाल्यो भने ऊ इन्डिया गएर त फलाक्न सक्दैन नि । प्रनिता बारम्बार मेरो सल्लाह मागिरहेकी थिई— मानौँ म नै राम्रो नराम्रो बुभिदिने उसकी अभिभावक हुँ ।


म के भनौँ, अलमलमा परेँ । मैले सोधेँ— प्रनिता, रमेश के काम गर्छ ?


उसले भनी— गाडी चलाउँछ ।


अनि मैले उसलाई सल्लाहको शैलीमा भनेँ— एक दिन तिमी र रमेश लङड्राइभ जानू । अनि तिम्रो मनको कुरा पनि गर्नू । उस्को मनमा के छ ? कस्तो खालको मान्छे हो, सब बुझ । ऊ तिम्रो सामुन्ने पनि हुन्छ । तिमीले चाहेको बेलामा उसको अनुहार पढ्न पनि सक्छ्यौ । मैले जिस्काएँ— तर उसलाई तिम्रो रातो पीरो अनुहार हेरर मात्र पुग्दैन किनकि उसले त गाडी पनि चलाउनुपर्छ ।


(यसै संस्मरणबाट)