विवरण

  Website
pandulipi

पत्रैपत्र
सुस्मिता - रजनी

मूल्यः US$8.95


समान उमेरका दुई महिलाहरूले आआफ्ना विगत जिन्दगीको स्मरण गर्दै हाम्रो समाजमा नारीका जीवनका स्थितिको डरलाग्दो अवस्थाको चित्रण गरेका छन् । छोरीको बाल्यकालदेखि बुहारीसम्म पुग्दा उनीहरूले गरेको यात्राको सूक्ष्म वर्णन गरिएको छ । अत्यन्त सानासाना विषयहरूलाई पनि उत्तिकै महत्व दिएर लेखिएका छन, जसले हामी पाठकलाई आफ्ना पनि त्यस्तै कुराहरू सम्झन सहयोग गर्छन् । मध्य र  पश्चिम नेपालको ग्रामीण भेगमा हुर्किएका अनि पद्मकन्या क्याम्पसबाट उच्च अध्ययन पूरा गरेका दुई महिलाले देखेको नेपाली समाज छ यस उपन्यासमा । जसभित्र रहेका छन् — अपराध, अन्धविश्वास, गरिबी, लिङ्गीय भेद, राजनीतिक सङ्कट र द्वन्द्व । व्यक्ति र समाजले एकैचोटि भोग्दै आएको व्यक्तिगत तथा सामाजिक सम‚याहरूको चित्रणले पाठकलाई तानेको तानेकै गरिरहन्छ ।


निवेदिता र नीलाञ्जना दुई दिदी बहिनी जस्ता साथीहरूले एक अर्कालाई गरेको सम्बोधन देख्दा उनीहरू बीचको मित्रप्रेम आदर्श लाग्छ । कति हार्दिक र समर्पित छन् उनीहरू । उनीहरूको जीवनमा घटेका घटनाहरूको समानताले उनीहरूलाई यसरी एक ठाउँमा ल्याएर उभ्याएको देखिन्छ ।

 

  • कृष्ण धराबासी