विवरण

click this link Website
pandulipi

पश्चिमाहरूको देशमा
गीता रेग्मी

मूल्यः US$2.95


आउन त आइयो तर कोठाको साँचो नै छैन । शर्मिलाजीले कता राख्नु भएछ, थाहै भएन । काउन्टरमा मान्छे पनि भेटिएन । कहाँ राखियो, शर्मिलालाई पत्तै छैन । अर्को कोठामा कमला र अस्मिता वाइन खाँदै रहेछन् । कर्णजी त्यहीँ हुनुहुन्थ्यो, उहाँहरूले मलाई पनि वाइन खान कर गर्नुभयो । मैले उहाँहरूलाई भने– “म कहिल्लै खाँदिनँ” फ्रान्स जाने मान्छे नखाई बस्दैन । हामीसँगै पनि खानुस् भन्दै अस्मिता अनुरोध गर्न आइपुगिन् । त्यो मेरो रहर, उत्सुकताको चीज थिएन । इच्छा लागे, सौखले सानले खानुपर्छ, लुकिछिपी गरेर होइन । यो मेरो मान्यता हो । सम्झनामा तैरिँदै काठमाडौंको शिक्षण अस्पतालको नर्सिङ क्वाटरमा आइपुगेँ । सामूहिक पिकनिक रहेछ । मेरी दिदी पनि क्वाटरमा नै बस्ने भएको कारणबाट चितवनबाट आएकी म दिदी भएको ठाउँमा । पिकनिकमा सबैले बियर खाए, दिदीले मलाई पनि चाख्न भनेर अलिकति कोकमा मिसाएर बियर दिनुभयो । आप्पै ! कस्तो टर्रो । कोक त खान नमीठो मान्ने मेरो गुलियो जिब्रो बियरको टर्रोले तर्सिएर कहिल्यै मुखमा हाल्ने साहस गर्दै गरिनँ । दीपकजी पनि नखाने हुँदा मलाई त्यस चीजसँग मित्रता गाँस्नु पनि परेको छैन । त्यसैले एकैछिनमा आउछु भनेर फुत्किएकी कोठाबाट ।

यता फर्केर आएको त शर्मिलाजी गनगन गरिरहनु भएको रहेछ, रात बढ्दै गएको थियो, हामीसँग विकल्प थिएन । विकल बाबु भुइँमा सुत्नुभयो, थकाइ लागेको छ भन्दै । म र शर्मिला एउटा खाटमा सुत्ने भयौँ । हरिहर दाइ एउटामा अनि यज्ञ र गोपीजी एकातिर । ११ बजेतिर होटेलकै मान्छेले साँचो ल्याइदियो । शर्मिलाले त्यहीँ कोठामा छोडेर जानुभएको रहेछ । साँचो भेट्दा यति खुसी भयौं कि मरूभूमिमा छहारी भेटेजस्तो लाग्यो । हामी हाम फाल्दै तल आएर आफ्नै ओछ्यानमा डङ्ग्रङ्ङ लड्यौँ र होटलको अन्तिम रात बितायौं ।
(यसै नियात्राबाट)