विवरण

click this link Website
pandulipi

पर्खाइका पलहरू
सुजन बैरागी

मूल्यः US $ 1.95


कतिपय कुराहरू खोल्न गाह्रो हुन्छ
चाहेर पनि कतिसँग बोल्न गाह्रो हुन्छ
सम्बन्धमा प्रश्न – चिन्ह खडा नगराऊ
सफा निश्छल मायाको मोल मोल्न गाह्रो हुन्छ ।

 

आगो लगाएर आफै सल्क्यो भन्छौ
ऐना कोल्ट्याएर कस्तो टल्क्यो भन्छौ
तिमी त साँच्चै पढ्न नसकिने किताब रैछौ
डाक्छौ र आँउदा पल्क्यो भन्छौ ।

 

पाइला रोकेर गन्तव्य भेट्न सकिन्न साथी
तस्वीर जलाएर याद मेट्न सकिन्न साथी
बरु आफै आई मलाँ जहर पिलाइदेऊ
आफ्नै हातले आफ्नै गला रेट्न सकिन्न साथी ।

 

(यसै सङ्ग्रहबाट)