विवरण

click this link Website
pandulipi

पर्दा उघारेपछि
केशव भट्टराई

मूल्यः US$ 2.95

 

म देख्दै छु उनको सवारी हुँदै छ

मेरै मुटु चोर्ने तयारी हुँदै छ

 

न आज्ञा छ हाँस्ने न रुने इजाजत

यतिसम्मको खबरदारी हुँदै छ

 

जहाँ चाह्यो उनको त्यहीँ छुन सक्छ

अहो ! यो हावा अत्याचारी हुँदै छ

 

जुधेथ्यो नजर लाग्छ वर्षौँ पहिले

अचेल पो यो मान्छे बिमारी हुँदै छ ।

 

(यसै गजलसङ्ग्रहबाट)