विवरण

click this link Webseite
pandulipi

पाण्डुलिपि
कृष्ण धराबासी

मूल्यः US$8.95

विवरण

“मेरो जीवनको एउटा सबैभन्दा ठूलो अध्याय समाप्त भएको थियो । जसले मलाई यो संसारमा ल्याएको थियो, उसैको निधन भएपछि एउटा उपन्यासको अन्त्य भएको थियो । मेरो जीवनको आधा बाटो तय भएको थियो । अब आधा बाँकी थिएँ म— सबै कुराले ।” यसरी आधा बाटोको अन्तिम पृष्ठ बन्द भएको थियो ।

पीडाका सबै कुरा लेखिसकेँ भन्ने लागेको थियो । जीवनमा अब यति ठूला पीडाहरू फेरि आउलान् भन्ने सोचेकै थिइनँ । अब मसँग एउटा राम्रो जागिर थियो घरपायक । दुई छोरा, एक छोरी थिए हुर्किरहेका । सीताजी हुनु हुन्थ्यो छायाँजस्ती साथी । पक्की घर थियो देवीबस्तीमा । छोराछोरी बोर्डिङ स्कुलका सुविधासम्पन्न विद्यार्थी थिए ।

२०५८ कात्तिक २५ का दिन १ः०० बजे म खुबै रोएको थिएँ— आमा सुत्ने खाटमा ढल्किएर । आँखाबाट त्यति धेरै आँसु बग्छन् भन्ने कल्पनासम्म थिएन । बयालिस वर्षको उमेरसम्म आमाको सबैभन्दा धेरै माया पाएको मैले त्यति रुन पनि फुर्सद पाएको रहेनछु । आमा मर्दा पनि नरुने मन कस्तो हुँदो हो ¤ तर ती पन्ध्र दिनसम्म म रुन सकेको थिइनँ । मलाई भेट्न आउने कसैले पनि मलाई रोएको देख्न पाएन । तर यस एकान्तमा म साह्रै रोइरहेको थिएँ । निहुरिएर घर बढार्दै गरेकी सीताजीले देख्नुभएछ— हातको कुचो Çयात्त भुइँमा छोडेर उहाँ मेरो छेउमा आएर बस्नुभयो । बिस्तारै एउटा हातले निधार मुसार्दै अर्को हातले आँखा पुछिरहनुभयो केही नबोली । उहाँका आँखा पनि बर्सिरहेका थिए । रोइरहेकी थिई बहिनी चन्द्रा पनि अर्को कोठामा ।