विवरण

click this link Website
pandulipi

पहाडजस्तै पहाडहरू
विस्नु प्रवा सापकोटा

मूल्यः US $ 2.95


जहाँ पहाडले चुल्ठोमा, गुराँस सजाएको हुन्छ
जहाँ झरनाले पहरामा, बाजा बजाएको हुन्छ
हो त, त्यही हो म जन्मेर, हुर्की खेलेको आँगन–
जहाँ तालमा ऐना हेर्दै, हिमाल लजाएको हुन्छ ।।

 

न छ आँखा आँखाजस्तो, न छ नाक नाकजस्तै
मुहार अनि शरीरको, हालत पनि भयो उस्तै
“मान्छेको पो चित्र बनाऊ, भनेकोथेँ के हो छोरा ? ”
मुस्कुराउँदै छोरा बोल्यो, “बाबा मान्छे छ नै यस्तै” ।।

 

सपनाभन्दा अग्लो कुनै, हिमाल छैन दुनियाँमा
सपनाभन्दा सुन्दर कुनै, कमाल छैन दुनियाँमा
सपना छ र त सबको, जिजीविषा जीवित छ–
सपनाभन्दा चाक्लो कुनै, रुमाल छैन दुनियाँमा ।।

 

कहिले हलुङ्गी फूलको, थुङ्गाझैँ भएर आयौ
कहिले गरुङ्गी तिमी, ढुङ्गाझैँ भएर आयौ
जसरी आए नि आएपछि कहिल्यै नजाने गरी–
नाकमुनि ओठमाथिको, जुङ्गाझैँ भएर आयौ ।।

 

म चैतको खडेरी हुँ, तिमी एकझर झरी हौ सायद
म चिसिँदो कफी तिमी, उड्दो वाफसरि हौ सायद
हाम्रो मिलन यस्तै छोटो, भ्रममात्रै रहेछ क्यारे–
म हुँ बूढो सुयोगवीर, तिमी सकमबरी हौ सायद ।।

 

(यसै सङ्ग्रहबाट)