विवरण

click this link Website
pandulipi

नीलो तृष्णा
विद्या सापकोटा

मूल्यः US$5.45



विद्याको लेखन भाषा सरल, स्पष्ट र बलियो छ । लेखनमा आधुनिकता भेटिन्छ । उसो त यो नाम मैले कविको रूपमा पढिरहेको नाम हो । सायद ! यसैले याने कि लेखिका कवि पनि भएकैले हुनसक्छ, कथाभित्र पनि कवितात्मक शैलीका बिम्बहरुको प्रयोग भएको पाइन्छ ।  अतः विद्यामा प्रचुर प्रतिभा छ । प्रतिभाको सम्मान गरिनुपर्छ र हुनेछ ।
–किशोर पहाडी


यस संग्रहमा संग्रहित कथाहरु पढेँ । कथा लेख्नुमात्र ठूलो कुरा होइन । आफूले निर्माण गरेका कथानक, चरित्र र परिवेशमार्फत पाठकलाई आफ्नो लेखनप्रति आकृष्ट गर्न सक्नु नै लेखकीय कुशलता हो । विद्याको लेखन यात्रा त्यसै दिशातर्फ उन्मुख रहेको प्रष्ट देखिन्छ । विषय चयन, चरित्रहरुको निर्माण र कथा भन्ने यही सहज शैलीले उहाँलाई कथाक्षेत्रमा स्थापित गराउनेछ ।
–नयनराज पाण्डे


जीवन र जगतप्रति केही निर्दोष उत्सुकता, केही सदोष रहस्यीकरण र केही गम्भीर उत्खननको एक सौम्य, समुच्चित चित्रकारी ! विद्याको यो कथासंग्रह पाठकसँगको पहिलो सर्तक र कोमल संवादको प्रतित हुन्छ ।
–डा. दीपक कुमार खड्का


आजका कथाले कथा मात्र बोक्दैनन्, खोलाले बोकेको कलकलझैँ जीवन र समयको प्रतिध्वनि बोक्छन् । विद्याले बुनेको कथामा जीवनका यस्तै आयामहरू छन् । आफू बाँचेको समयको प्रतिबिम्ब र इतिहास छ । मिठो शैलीमा जीवन्त पात्रहरूलाई कतै डोर्‍याएर, कतै हिँडाएर त कतै लेखेटेर बाटो बनाउँदै अघि बढेका कथा उनकै यात्राको अभिलेख जस्तो पनि लाग्छ । विद्याको यो बौद्धिक कथालेखनको आरम्भ पहाड छिचोलेर हिमाल चढोस्, ओर्लेर फेरि तराईको उर्वर भूमि छोओस् र चारैचिर छरियोस् ।
–गीता त्रिपाठी