विवरण

  Website
pandulipi

निदाएँ जगदम्बा
नयनराज पाण्डे

मूल्यः US$2.95


कहिलेकाहीं मैले लेख्नुपर्ने रचना अर्कैले लेखिसकेको हुन्छ । कथाकार मित्र नयनराज पाण्डेले त्यसै गरे "निदाएँ जगदम्बा" कथामा । कथा पढिसकेपछि मलाई लाग्यो - "म किन ढिला भएँ? जुन भावभूमिमा नयनले एउटा शक्तिशाली कथा बनाए, त्यो मेरो पनि त हो ।"

 

मैले यो कुरा धेरै मित्रहरुलाई पनि भनें । नयन पहिला भए । अझ मैले यही कथा लेखेको भए यति प्रभावकारी हुने थिएन । कथाद्वारा समयलाई यसरी तीक्ष्ण रुपमा व्यक्त गर्ने शिल्प ममा छैन । राजनीतिक कथाहरु म पनि लेख्छु तर म यसरी सरल, सहज र चुस्त व्यङ्गात्मक भङ्गीमा निर्माण गरे आफ्ना कुराहरु भन्न असमर्थ छु ।


प्तिगमन र त्यसको सिङ्गो साँस्कृतिक धरातलको शवपरीक्षा गरेकोछ, यो कथाले । त्यसो त नयन मेरो जमानाको कथाका एक होनहार चरित्रनायक नै हुन् । उनका अन्य कथाहरु पनि श्रेष्ठतम कोटीका छन् । तर म अहिलेसम्म यही कथाले रन्थनिएकोछु ।
यो कथा पढेपछि मलाई चेखवको "छेपारो"को स्मरण हुन्छ । फरक समय र फरक किसिमले पनि त्यस्तो उचाइ छुन सकिने रहेछ ।

 

नारायण ढकाल