विवरण

click this link Website
barbarik

नाङ्गो मान्छे
अनुपम रोशी

मूल्यः US$5.45

 

‘तिमी लोग्नेमान्छे त कमका, नचाहिने बेलामा जबर्जस्ती गर्ने । चाहिने बेलामा पिठ्यूँ फकार्ए र सुत्ने । मानौँ कि, स्वास्नीमान्छेको त इच्छा नै हुँदैनजस्तो । यस्तो अन्याय गर्न पाइन्छ ? म पनि त मान्छे हुँ, त्यो पनि अहिलेको समाजकी ।’ नपुसंक र एक हारेको पुरूषलार्इ  जस्तै कराइरहन्छे उनकी श्रीमती ।

यसरी श्रीमतीले बोली रहँदा आफूलाई निकै कमजोर र लाचार भएछुजस्तो लाग्छ उनलाई । र पनि कुनै प्रतिक्रिया दिदैनन् । श्रीमती हार मान्दिन । रिसाएर कोल्टे फेरेको लोग्नेलाई मायाले फकाउन थाल्छे । र विस्तारै चल्न थाल्छे । उनी बेस्वादसँग आँखा चिम्लन्छन् । वास्तविकता निकै उदाङ्गो हुँदै गइरहेको थियो । मनसुनीको नजीक हुन नसकेको उनको निरुत्साहित मन र शिथिल परेको शरीर श्रीमतीको इच्छापूर्तिका लागि लड्न बाध्य हुदै थियो ।

एकछिनपछि उनको अगाडि एकाएक मनसुनी आइपुग्छे । स्वास्नीले उनलाई छुँदा, सुम्सुम्याउँदा, चुम्बन गर्दा उनी मनसुनीलाई देख्छन् ।

दर्शनजी एकाएक लाज र उत्तेजनाले खुम्चिदै जान्छन् । मुटु सिरिङ्ग हुँदै शरीर थर्थराउँछ । कान र गाला रातो भएर आउँछ । एक कलिली केटीको स्पर्शले उनी व्याकुल हुन पुग्छन् । एकाएक नशामा तातो रगत सनसनाउँछ । उनी श्रीमतीलाई जोडले समात्छन् । उनकी स्वास्नीले पनि उनलाई उसैगरी समात्छे । यो देखेर दर्शनजी खुसीले पागल हुन्छन् । उनकी स्वास्नीले सुम्सुम्याइरहन्छे उनी आनन्दको सागरमा डुब्दै जान्छन्, अझै डुब्दै जान्छन् । मनसुनीलार्इ  प्राप्त गर्नुको उत्तेजनामा अन्ततः......, उनी रित्तिन्छन् । सन्तुष्टिको पराकाष्ठा नाघेर उनी खाली हुन्छ । अनि स्वास्नीको छातीमा शिथिल भएर बस्छ उनको शरीर ।

एउटा पूर्ण तृप्तिपछि विस्तारै आँखा खोल्छन् दर्शनजी । श्रीमती फिस्स हाँस्छे । अहिलेसम्मको मनसुनीसँगको उनको भ्रम चकनाचुर हुन्छ ।

‘धत् यो के भएको ?’ मौसमलाई भित्रभित्रै लाज लाग्छ । आफू भ्रममै सन्तुष्ट भएको देखेर । एकछिन जिल्ल पर्छ उनी ।

मनसुनीको कल्पनामै सही धेरै समयदेखिको स्वास्नीको असन्तुष्टि मेटाइदिएका थिए उनले । एकपल मनसुनीको कल्पनामै भए पनि तृप्त पारेको थियो आफूलाई ।

लामो समयपछिको यो पूर्णतामा लोग्नेको अनुहार हेरेर खिस्स हाँस्छे उसकी स्वास्नी । स्वास्नीको हाँसोले खिन्न हुन्छन् उनी । एकाएक उसको हाँसोप्रति घृणा जाग्न थाल्छ दर्शनजीलाई । सकसकाउँदै स्वास्नीको शरीरबाट अलग्गिन्छ उनी र पुनः कोल्टे फेर्छन् ।