विवरण

click this link Website
pandulipi

मुस्कानी फूलहरु
दीप्स शाह

मूल्यः US$3.95



पृष्ठ सङ्ख्याः १०२

 

कविता सङ्ख्याः ३४

 

दीप्सका मुस्कानी फूललहरूभित्रका कविता सामयिक विविध र प्रणय–प्रेमिल गरी दुई खण्डमा छन् । पहिलोमा मानव स्वभाव, आफ्नै देशको सोसिओ–पोलिटिकल परिवेश र त्यहाँ उत्पन्न व्यवस्था र अन्धकार–प्रतिको आक्रोश असन्तुष्टि आदि छन् । यहाँ बाहृय परिवेशको परिणाम देख्नु–भोग्नुपर्दाको उद्वेलित मनले रचेका ज्यादा असन्तुष्टि बोकेका कविता छन् भने दोस्रो खण्डमा अत्यन्तै निजात्मक, कोमल मनले एकान्तिक दहमा डुबेर सिर्जेका सम्झना र प्रेमका गहिरा कविता छन् । दुवै कविताको सिर्जनाभूमि ता श्रष्टाको चेतना र ह्दय हुन् । परिस्थिति विश्लेषण गर्ने मस्तिष्क र मायाप्रेमको अनुभूति गर्ने ह्दय हुन् । उही समाजमा नारी र पुरुष भोक्ताका अलगअलग कठिनाइ र सङ्घर्ष छन् तर एउटा कुरा प्रष्ट भएको छ- आजका शिक्षित र सक्षम नारीहरू पुरुषले भन्दा ठूलो त्याग र बलिदानमा हामफाल्न थालेका छन् । त्यसमा सामथ्र्य राख्तछन् । आफ्नो पारिवारिक वृत्त घरव्यवहार, स्वरोजगार, शिक्षा अरू सबै कुरा छोडेर अरू अनके अदृश्य बन्धन एकछिनलार्इ चुँडाएर टाढा कतै समुद्रपारि पुग्ने साहस उत्पन्न गरेका छन् । यो चुनौतीको विश्वमा गरेर देखाएका छन्— तीमध्ये दीप्स एक हुन् ।

 

- गोविन्दराज भट्टराई