विवरण

click this link Website
pandulipi

मातृ सम्भोग
स्वागत नेपाल

मूल्यः US$5.95



छोरा स्वागतले एकदिन मसँग धेरैबेर पृथ्वीका धेरै देशमा भइराखेका झैझगडाका बारेमा कुराकानी गर्यो । आखिरीमा उसले मलाई संसारका सबै मान्छे लडाइँबाट मेरेर एउटा छोरो र एउटी आमामात्रै बाँचे भने तिनीहरुले नै मान्छे जात बचाउनु पर्छ कि पर्दैन भनेर सोध्यो । एकदम गह्रो पर्यो मलाई । उसले मेरो कुरो बुझेर किताब लेख्न सोच्यारहेछ । पहिले लेखी सक्न भनेँ अरु केही भनिनँ । उसले लेखेको पढेँ । दिक्क लाग्यो । रिस उठ्यो । तैपनि आमा मातृभमि हो । म अझै पनि उसको उत्तर भन्न सक्दिनँ । उत्तर किताबमा छ । म पढ्दा पुछारमा पुग्दा रोइछु । सबै आमाछोराहरु रोलान् यो पढेर । यो किताब उसले लेखिहाल्यो । कहीँ कथम् लेखेको सोहितक हुनुचाहिँ नपरोस् संसारमा तर भयो भने साह्रै नकाम हुन्छ । किताब पढेर कुरा बुझे भने त हुँदैन । मान्छेभन्दा अरु जात धर्म केही पनि छैन । सबैले बुझेपछि त लडाइँ नै हुँदैन । संसार एउटै देश भए कति शान्त हुन्थ्यो होला कोही धनी कोही गरिब नभइदिए । स्वागत तैँले उत्तर सोधेर मलाई मात्र होइन संसारका सबै आमा छोरा र मानव जातिलाई अप्ठ्यारो पारिस् । किताबमै रहेछ नि उत्तर त र पनि एकपटक संसारका मान्छेलाई सोध्नु पर्छ ।

 

- जसोदा नेपाल (लेखककी आमा)

 

यदि यस धर्तीका सबै मान्छे युद्धबाट मरे र एउटी आमा अनि उनको छोरो मात्र बाँचे भने के होला ? सूर्यबाट टुक्रिएर बनेको पृथ्वीबाट मान्छे जात सदाका लागि नासियो भने फेरि नियाण्डस्थल, क्रोम्याग्नन हुँदै हामोस्यापिन्स र अहिलेको मान्छे बन्न कति हजार वर्ष लाग्ला वा अहिलेकैजस्तो वर्तमान पाशविक द्वन्द्व र युद्धले यो ग्लोबबाट सबै मान्छे मरेपछि पनि बाँच्न विवश एक जोडी आमा र छोराले यो धर्तीमा मान्छे जाति बचाउँनु पर्छ कि पर्दैन होला भन्ने पीडादायी प्रश्नको जवाफ हो, यो मातृसम्भोग ।

उपन्यासकार स्वागत नेपाल टेलिभिजन च्यानलहरुमा स्वतन्त्र रुपमा जनताका पक्षमा कार्यक्रमहरु सञ्चालन गर्दै राष्ट्रिय दैनिकहरुमा कडा वैचारिक लेखहरु लेख्दै, अदालतमा वकालत गर्दै र कलेजहरुमा विद्यार्थीहरु बीच पढाउँदै नेपाली साहित्यमा आफ्नो दह्रो सिर्जनात्मक हस्तक्षेपका साथ अरु लेखकहरुले सम्झन नसकेको नयाँ विषय पस्कने लेखक हुन् ।


उनका पहाड हाँस्दा पहिरो जान्छ कविता सङ्ग्रह, धमिराको दरबार गजल सङ्ग्रह, टाँगावाली कथा सङ्ग्रह र अनुसन्धानको क्षेत्रमा नयाँ संविधानमा दलित मुद्दा, आमसञ्चार र कानुन सम्बन्धी पाठ्यपुस्तकहरु प्रकाशित छन् । त्यसैगरी धेरै पत्रपत्रिका, पुस्तकहरु पनि उनको प्रकाशनमा उपलब्ध छन् । गोकूल जोशी स्वर्ण पदक, विभिन्न राष्ट्रिय कविता महोत्सव समेतबाट पुरस्कृत नेपाल कुनै पनि राजनीतिक दलको सदस्य नरहेका स्वतन्त्र कलमकर्मी हुन् ।

 

- प्रकाशक