विवरण

click this link Webseite
pandulipi

लू
नयनराज पाण्डे

मूल्यः US$8.95


विवरण

एउटा अग्लो उपन्यास । ... नयनराज पाण्डेले यथार्थको एउटा डरलाग्दो, खतरनाक र आपत्तिजनक पक्षलाई अध्ययन, अनुसन्धान र वैयक्तिक अनुभवहरूको उपयोगद्वारा उपन्यास लूमा अनावरण गरिदिएका छन् । अनावरणको प्रक्रियामा उपन्यासकारले अपनाएको सृजनात्मक परिश्रमले यस उपन्यासलाई धेरै माथि उचालिदिएको छ ।
– गोविन्द वर्तमान, कान्तिपुर


पाण्डेले कुनै व्यक्ति वा परिवारलाई नायक बनाएर लू लेखेका छैनन् । उनले त आवाजविहीन र इतिहासविहीन हाम्रा दक्षिणी सीमाका लाखौँ व्यक्तिको सवाल उठाएका छन्, उनीहरूलाई नै नायक बनाएर ।
– दीपेश घिमिरे, नागरिक

 

पाण्डेको आख्यानको भाषाको सबैभन्दा आकर्षक पक्ष सरल र छोटा वाक्यमा कथ्यलाई प्रस्तुत गर्नु हो । यस प्रकारको शिल्पले पाठकलाई पाठको अन्तिमसम्म पुग्न आकर्षित गरिरहने क्षमता राख्तछ । आफ्नो समयका स–साना घटना र प्रपञ्चहरूलाई पाण्डे बडो सूक्ष्म दृष्टिले पर्यवेक्षण गर्छन्, स्पर्श गर्छन् र तिनलाई आधिकारिक तवरले प्रस्तुत गर्छन् । उनले यस उपन्यासमा तराईको सीमावर्ती क्षेत्रका सामाजिक मनोविज्ञानको सूक्ष्म पर्यवेक्षण गरेका छन्, जसले पाठकलाई त्यस क्षेत्रको अत्यासलाग्दो र कष्टकर जनजीवनलाई नजिकबाट बुझ्न प्रेरित गर्दछ ।
– श्यामल, नेपाल

 

नेपाली साहित्यमा आउँदै नआएका र छुटाइएका पात्रहरूको रहस्यमय गाथा यस उपन्यासमा पाइन्छ । ... समाजका मसिना घटनाहरूलाई जीवन्त रुपमा प्रस्तुत गर्नु यो उपन्यासको अर्को विशेषता हो ।
– माधवप्रसाद नेपाल, अन्नपूर्ण पोष्ट

 

विगत एक शताब्दीका नेपाली उपन्यासहरूको निकट अध्ययनबाट यही निष्कर्ष निस्कन्छ— लू अखबारमा विज्ञापन गरिएभन्दा निकै महङ्खवपूर्ण, नपढ्दा पश्चात्तापै गर्नुपर्ने उपन्यास हो ।
– नेत्र एटम