विवरण

click this link Website
barbarik

उसको लोग्ने र बिरालो
इन्दिरा प्रसाई

मूल्यः US$3.95

 

“कति भयो उनीहरूको डाइभर्स भएको ?” नीलाले थप उत्सुकता देखाएकी थिई ।

“भयो होला तीनचार वर्ष” उर्मिलाले भनेकी थिई । उर्मिलाका कुरा कतै टाढाबाट आएको जस्तो लाग्यो त्यस बेला नीलालाई । “उसले अझै बिहे गरेको छैन त ?” नीलाले निर्विकार भावमा उर्मिलाका अनुहारमा हेरेर सोधेकी थिई र सोधी सक्तानसक्तै उसलाई आफूले अनावश्यक र फाल्तू प्रश्न गरेको अनुभूतिले गाँजेको थियो । “आभासले बिहे गर्नुनगर्नुसँग मलै सरोकारै किन राख्नुपरेको छ र ?” नीलाले मनमनमा भनेकी थिई । “छैन; ए साँच्चि तिमीहरूले बिहे गरे हुन्छ नि ! दुवै डिभोसी ! आभासले तिमीलार्इ  नै पर्खेजस्तो छ । लौ यो कुरा त मलाई कहिल्यै पनि सम्झना नै आएन ।” उर्मिलाको उल्लासित आवाजले नीला पनि सपनाबाट बिउँझिएजस्तै भएकी थिई । “लौ नीला गज्जब हुन्छ । मलाई त खूबै जँच्यो बाबै यो कुरा । हैन; हिजोअस्ति नै किन यो कुरा मेरो बुद्धिमा नफुरेको होला ?” उर्मिला टाउको समातरे नीलाका अनुहारमा हेर्दै हाँसिरहेकी  थिर्इ  । “त्यस्तो कुरा नगर उर्मिला । मैले आभाससँग बिहे गर्न सोधेको हो र ?” नीलाले केही रिसाउन खोजेको आवाजमा भनेकी थिई । “हेर उर्मिला, कसैका बारेमा जानकारी लिन खोज्नु उससँग बिहे गर्नकै लागि हुन्छ कि क्या हो ? तिमीलाई त्यस्तो छ भने तिमीले नै गरे पनि भइहाल्छ नि ?” उर्मिलाको ठट्यौलो कुराकानीलाई नीलाले झगडालु बाटोतिर लान खोज्दै भनेकी थिई । “म त तिमीजस्तो खाली भएकी भए तिमीसँग सल्लाह गरिरहन्थेँ र ? के गर्नु आफ्नो त अजङ्गको बूढो छ, मरे छोड्दैन । एउटा दापमा दुइटा तरवार हाल्न मिल्दैन प्यारी !
त्यसो भएर पो स्वादिलो केटो आफूले चाख्दैनचाखी तिमीलाई सुम्पन खोजेको; गुन मान्नु छैन, नरिसाउन मोरी । एकवारको जिन्दगी किन खिया पार्छेऊ ? भनेजस्तै वर भेटे के रुँगेर बस्छ्यौ ? मह देखेपछि झिँगाहरू भन्किहाल्छन् । थपक्क बट्टा बन्द गर; ढुक्क पनि हुन्छ ।” उर्मिलाले मायालु पाराले भनेकी थिई । उर्मिलाका अघि रिसाएको अनुहार पारेर बसेकी नीलालाई झन्नै झन्नै अर्तीजस्ता लाग्ने उर्मिलाका शब्दहरूले नीलाका मनमस्तिष्कमा डेरा जमाइसकेका थिए । त्यसपछि उर्मिलाले पनि केही भनिन र नीला चुप थिई ।

“नीला ! भोलिको डिनर मेरो घरमा छ है ! मेरो बूढाको प्रमोसनको उपलक्ष्यमा केही साथीहरू बोलाएका छौँ ।” नीला र उर्मिलाबीच आभासबारे कुराकानी भएको केही हप्तापछि उर्मिलाले एक दिन नीलालाई उसका घरमा निम्त्याएकी थिई । “रातिको कार्यक्रममा घर फर्कन अबेर हुन्छ, म आउन्न । सुदेशजीलाई मेरो तर्फबाट बधार्इ  सुनाइदेऊ ल उर्मिला ।” नीलाले तर्कदै भनेकी थिर्इ  ।