विवरण

click this link Website
pandulipi

 

किचकन्यासँगको भेट
कृष्ण अविरल

मूल्यः US$4.45

<



मूलतः उपन्यास विधामा कलम चलाउने आख्यानकार कृष्ण अविरलको पहिलो कथासंग्रह

हो, किचकन्यासँगको भेट । यसमा उनले श्वैरकल्पनासँग यथार्थको सम्मिश्रण गर्दै विरलै

मानिसहरुले ख्याल गरेका समाजका विसंगत पाटाहरुलाई चोटिलो पारामा पस्केका छन् ।

किचकन्या, भूतप्रेत, जागित्र, पिसाचका कथाकहानीहरु किबंदन्ती हुन लागे पनि कथाकारले

नयाँपुस्तालाई त्यसबारे रोचक पारामा जानकारी दिएका छन् । यमदूतको माध्यमबाट सबैले

मानेका, आदर गरेका मान्छेहरुले पनि गल्ती गर्छन्, त्यसको शिकार निर्दोषहरुले हुनुपर्छ

भन्ने कुरा बताएका छन् । अनि अवसर नपाएपछि क्षमतावानहरु कसरी बिद्रोही हुन्छन्

भन्ने सन्देश पनि छ ।

सङ्ग्रहभित्रका १३ वटामध्ये ‘सापटी’, ‘पत्कर’, ‘सयको नोट’, ‘सम्भावित ज्वाइँ’

शीर्षकका कथा निकै रसिला छन् । पशुहरुलाई प्रमुख पात्र बनाइएको ‘बोकाको बलिदान’

कथा पनि मर्मस्पर्शी र जीवन्त छ । ‘सालिक’मा लघुकथाहरु जोडेर मूल कथा बनाउने

नितान्त नौलो प्रयोग देख्न पाइन्छ । यसमा वर्तमानप्रति कठोर कटाक्ष पनि छ । यी

कथाहरुमा झापा, बर्दिया, कपिलवस्तु, स्याङ्जा, इलाम, काठमाडौँ आदिका पात्र र परिवेश

छन् । यससङ्ग्रहका बारे मोरङको सुकुना बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख तथा

सहायक क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले भनेका छन्, ‘अविरलका कथा लेखन सरल

भइकन पनि प्रतीकात्मक र परम्परागत ढाँचाभित्र पनि मौलिक छन् । पढ्दा सामान्य लागे

पनि बेग्लै प्रकारको जीवनदर्शन भेट्टाइन्छ ।’