विवरण

click this link Website
pandulipi


उपेन्द्र सुब्बा

मूल्यः US$4.95


विश्वास

देउरालीमा सिन्दुरले रातै पोतिएर
फूलपातीले छ्याप्पै छोपिएर
एउटा ढुङ्गा देउता भएर बसेको छ ।
देउता ढुङ्गा पनि हुन सक्छ
ढुङ्गा देउता पनि हुन सक्छ
मात्र विश्वासमा ।

त्यही विश्वासमा–
निर्बलहरु बल माग्दै ढुङ्गासामु माथा टेक्छन्
गरिबहरु धन माग्दै ऋण गरी बोका काट्छन
दुःखीहरु सुख माग्दै रुइकराइ भाकल गर्छन्
विश्वास यति घाती छ कि !
नाथे एउटा ढुङ्गाले पनि
यसरी मान्छेको शोषण गर्छ ।

सपनाको कुरा

हिजो राति सपनामा
तागेरानिङ्वाफुमाङ* आएर
यसो भनिन्–
‘ल कान्छा, जे छोइस् तेरो भो ।’

तब मैले–
माटो छोएँ
ढुङ्गा छोएँ
हावा छोएँ
पानी छोएँ
खोला छोएँ
आगो छोएँ
सप्पैसप्पै मेरो भयो
र म स्वयम्लाई छुन खोज्दा बिम्झिएँ
बाँकी रात निद्रा लागेन
छुक्छुक् लागिरह्यो
तिमीलाई छुनु थियो, कसो छोइनँ ।

 

* तागेरानिङ्वाफूमाङः लिम्बू जातिमा तागेरानिङ्वाफुमाङ भनेर स्वयम्भू, सर्वव्यापी, निराकार र निर्गुन रमसत्तालाई बुझिन्छ ।