विवरण

click this link Website
barbarik

काठमान्डु गीत
टङ्क चौलागाई‌

मूल्यः US$7.95


मन लागेको प्रश्न सोध्ने  निधो गर्‍यौँ । उत्तर दिने समय निस्फिक्री थियो । प्रश्न सोध्ने  पालो  मेरो  थियो  । एउटा कु रा भनौँ ? ऊ नाङ्गै  थिई  ! म पनि ।


मः मृदु , प्रे म के  हो  ?


नीला गहिरा आँखा मतिर हेरी । उसको  मन मेरो  मनमा आएर जोडियो  ।

 

मः मलाई  तिम्रो  यति धेरै माया किन लाग्छ ?


उसले  मलाई  फेरि हेरी । अनि संसारै  बिर्सें र हाँसी । “तिमी सधै “भरि यसै गरी मेरो  अगाडि हाँसिराख है  ।” भन्न मन थियो  । भनेँ ।


मः संसारमा तिमीभन्दा राम्री अरु कोही छ कि छैन ?


मेरो  गालामा प्याट्ट हानी । सिमलको  भुवा हो  कि हात ? कस्तो  प्रेमपूर्ण  स्पर्श  ! म बिस्तारै  पग्लिएँ । ओ हो  ! प्रेम बर्साउन कस्तो  जानेकी । प्रेमको विश्वविद्यालय नै  खोलेकी होली । मृदु  त्यो विश्वविद्यालयकी प्राचार्य  होली, पक्कै , प्रेम विषय पढाएर बसेकी ।


मः तिमी संसारमा सबै भन्दा बढी माया कसलाई  गर्छौ  ?


नरम हातले  मेरा दुबै गाला मुसारी । लाग्यो, हामी बादल माथि थियौँ । केही बोलिन । वाह ! वाह ! क्या सही जवाफ । उत्तर उही अव्यक्त सत्य ।


मः तिमी मलाई  माया गर्छ्यौ कि गर्दिनौ  ?
ऊ मेरो  काखमा आएर थचक्क बसिदिई  । एउटा मु रली भए कृष्णको  दर्जा  लिन्थेँ । उसलाई  राधा बनाउँथेँ । यतिन्जेलसम्मको  मेरो  प्रतीक्षा पानी भएर बग्यो  । मौनतामै  उत्तर दिने  कला कसरी जाने की होली । उसले  सहजै  सही उत्तर दिई  । उत्तर मायालु  थियो  । गलत हुँदै  होइन । पूर्णाङ्क नै दिएँ । उसले प्रश्न सोध्ने पालो आयो  । सोधी । आहा ! कस्तो  मीठो  बोली । मै ले तिम्रो  यही बोली सुन्न खोजेको  हो  ।


“म जिन्दगीभर तिम्रो बोली सुनिरहन चाहन्छु  । मृदु  ।” भन्न मन थियो  धेरै अगाडिदेखि, भनेँ ।
उसले पनि प्रेमसम्बन्धी प्रश्नपत्र तयार पारेकी थिई  ।


ऊः प्रेम के  हो  ?


मलाई  यसको  उत्तर आउँथ्यो  । तर दिइनँ ।


पिलु भए “हाम्रो  गाँजा खाने  साथी हो” भन्थ्यो  होला कि । मैले  केही पनि भनिनँ । समयभित्र उत्तर नदिएकाले  ऊ रमाई  । ऊभन्दा बढी म रमाएँ ।


ऊः प्रेम कहाँ छ ?


पिलु भए ‘यस्तो  राति घरमा छ, काँ छ ?’ भन्थ्यो  होला । मैले  केही भनिनँ । मैले उत्तर नदिनुको कारण ऊ रमाएको  हेर्नुदेखि दोस्रो  विकल्प थिएन । ऊ रमाई  बच्चाजस्तै  । मलाई  आनन्द लाग्यो  ।


ऊः प्रेम कसरी हुन्छ ?


पिलु  भए, ...पस्यो माया बस्यो भन्थ्यो  होला । त्यस्तो  कुरा मैले कसरी भन्नु  ?


ऊः प्रेम किन चाहियो  ?


‘गाँजा खान, केटी जिस्काउन,’ पिलु भए यसै भन्थ्यो कि । मलाई  उत्तर दिनु थिएन, दिइनँ ।


ऊः प्रेम र जीवनमा के  अन्तर छ ?


पिलु भए यसै भन्थ्यो, “जीवन अग्लो छ, प्रेम होचो छ ।” उसको उत्तरले मृदु मजाले हाँस्थी होला ।


उसले  जिती । जितेर रमाई  । मैले हारेँ । हारेर रमाएँ । मलाई  आफूले जितेको भन्दा उसले  जितेकोमा रमाइलो लाग्यो । उसलाई  जिताउन हारेँ । हामीले फेरि अर्को पटक हाजिरीजवाफ खेल्यौ “ । उज्यालो  हुँदासम्म मैले  हारिरहेँ । मलाई हार्न आनन्द लाग्यो  । उज्यालो हुँदासम्म मेरो  अंक शून्य थियो  । मैले जितिनँ । जित्न मन नलागे र जितिनँ ।


साइकोको  पातलो –पातलो आवाज कानमा पर्‍यो ।


मृदु अँगालो बाटै  हराई  । खै  कता गई  ?


(यसै उपन्यासबाट)