विवरण

click this link Website
barbarik

कर्णालीको छेउछाउ
गगनसिँह थापा

मूल्यः US$7.95


भुन्टाभुन्टीको बाहुलामा सिँगान जमेका काला बाक्ला दागहरू थिए । दुवै नाकको नलीबाट बगेका सिँगानका लहरा ओठको माथिल्लो भागलाई छुनै लाग्दा स्याँक्क स्याँक्क गरेर उँभो तान्थे र अति भए सप्य्राङ्ग सुप्रिङ्ग गरेर बाहुलाले पुछ्थे ।

शरीर मलमत्रूको गन्ध आएझैँ ठुस्स गनाउँथे यो र मेरो नाक घोिचदिन्थ्यो । कहिलेकाहीँ उनीहरू त्यो कान्लो बारीमा गएर मकै ल्याएर आउँथे र मकैबाट घोगा निकाली चप्याङ्ग चुपरुङ्ग लुछिदिन्थे ।

दाइ तपाईँले यी बच्चाहरूलार्इ लेखाउने पढाउने बारे केही सोच्नुभएको छ ?


(यसै उपन्यासबाट)