विवरण

click this link Website
barbarik

जल्लादको मन
कृष्ण अविरल

मूल्यः US$4.95

 

तात्कालीन नेकपा माओवादीको ‘जनयुद्ध’ कालमा दूरदराजका गाउँबस्तीमा के–के भएको

थियो भन्ने कुराको जीवन्त दस्तावेज हो, ‘जल्लादको मन’ । यसमा आख्यानकार अविरलले

तटस्थ ढंगबाट जनयुद्धकालका घटनाक्रमलाई केलाउने प्रयास गरेका छन् ।

वर्णनात्मक शैलीमा लेखिएको जल्लादको मनले त्रिभुवन विश्वविद्यालयमा बारम्बार

किन आगो लाग्छ भन्ने कुराको रहस्योद्घाटन पनि गरेको छ । जनयुद्धकालमा सेना र

बिद्रोहीले गरेका बर्बरता, यान्त्रिकता र जनसाधारणका भोगाइ आदि पस्किएको छ

। शान्ति प्रकृयापछि अपाच्य हुने गरी देखिएको एमाओवादीका नेता–कार्यकर्ताहरुको

विसंगत र विलासी चरित्र, बाचा बिर्सने बानीमाथि कटाक्ष गरिएको छ । नेताहरु

सत्ताभोगी भएपछि इमानदार कार्यकर्ताहरु बेवारिसे भएर मरिरहेको यथार्थ उजागर

गरिएको छ ।

क. शीला नामकी पात्रभित्र हिसिलाको, क. कन्चनभित्र कृष्णबहादुर महराको अनुहार

भेट्दा अनि क्रान्तिकारी घर, जग्गा ब्यवसायी संघको नाममा समेत कमाउधन्दा सन्चालन

गरेको देख्दा पाठकलाई उपन्यास साँच्चै रोचक लाग्छ । झापाली अविरलले सुर्खेत–

दैलेखतिर प्रयोग हुने ग्रामीण भाषाको मीठो प्रयोग गरेर आफ्नो खुबी देखाएका छन् ।

यस उपन्यासलाई माओवादीका बरिष्ठ नेतासमेत रहेका समालोचक निनु

चापागार्इंले ‘नकारात्मकता र सकारात्कताको अद्भूत संगम’ भनेर प्रशंसा गरेका छन् ।

आख्यानकार तथा एमाले नेता प्रदीप नेपालले ‘जनयुद्ध माथि लेखिएको तटस्थ र निर्भीक

उपन्यास’ भनेका छन् । स्रष्टा कृष्ण धरावासीले भनेका छन्, ‘जल्लादको मन नेपाली

उपन्यासमध्ये सबैभन्दा खरो र आक्रामक उपन्यास हो ।’

समालोचक डा. रामप्रसाद ज्ञवाली, आख्यानकारहरु डा. रवीन्द्र समीर, तुलसीहरि

कोइराला, दिनेश पौडेल (इटहरी), किरण रिमाल आदिका शब्दमा जल्लादको मन ‘उत्कृष्ट

भइकन पनि अपेक्षित चर्चा पाउन नसकेको कृति हो ।’