विवरण

  Website
pandulipi

जैमली
शिव प्रकाश

मूल्यः US$5.95



.. विभिन्न चौध शीर्षक टेकेर उभिएको यस पुस्तकलाई प्रत्येक कथाले दह्रो खाँबोको काम गरेको देखिन्छ । अधिकांश कथाहरु यौन मनोविज्ञानसँग ढेस्सिएर उभिएका भेटिन्छन् । प्रायः हरेक कथामा नारी पात्रहरु प्रेम र यौनको पीडाजनक मनोदशाले ग्रसित छन् । हाम्रो नेपाली समाजमा मात्र होइन पाश्चात्य समाजमा पनि जीवन एकदम नै कुण्ठित देखिन्छ । खास गरि अमेरिका निवासी कथाकारले आफ्नो विगत संस्मरणमा नेपाल र वर्तमान जीवनमा अमेरिकालाई समानान्तर उभ्याउँदै कथा बुन्ने काम गरेको देखिन्छ । हरेक कथामा नेपाल र अमेरिकी दिग्दारलाग्दो सौन्दर्य यी कथामा छताछुल्ल छन् । तै पनि कथाहरु जीवनका अरु कयौँ पाटाहरुलार्इ खोल्नुभन्दा यौन जीवनमै रमाउन मन गरिरहेका छन् ।

.. यस सङ्ग्रहका कुनै कथामा पुरुषका यौन समस्या छन्, कुनैमा नारीका, तर प्रत्येक कथाभित्रका पात्रहरु एक अर्काको सम्मान गर्न व्यस्त देखिन्छन् । अनि अधिकांश कथामा शारीरिक समागमका क्षणहरु भेटिन्छन् । एकप्रकारले पति पत्नी बीचको स्वाभाविक यौन सम्बन्धजस्तै सरलतापूर्वक यस्ता सम्बन्धहरु स्थापित भएका भेटिन्छन् । यी अधिकांश कथाहरुले एउटा डरलाग्दो प्रश्न उब्जाउँछन् गृहस्थीमाथि । औपचारिक जीवन बिताइरहेका पति पत्नी बीचको सम्बन्धका बीचमा दुवैले मानसिक रुपमा बोकेको अर्को बिम्ब कत्तिको स्वभाविक छ ?