विवरण

click this link Website
pandulipi

हिमालपारि पुगेपछि
प्रतीक ढकाल

मूल्यः US$5.95



प्रख्यात नियात्राकार प्रतीक ढकालको यो सङ्ग्रह हिमालपारि पुगेपछि साझा प्रकाशनले निकाल्ने विज्ञप्ति अनुसार बिक्रीको आधारमा २०६२ सालदेखि २०६७ सालसम्म लगातार प्रथम स्थानमा रहन सफल भएको थियो ।

- पाण्डुलिपि बुक्स

 

अत्यन्त विकट तर अत्यन्त सुन्दर हाम्रा देशका हिमाली प्रदेशको आकर्षक क्षेत्रमा लेखक आफैँ पुगी, देखी, भोगी त्यही संवेदनाको स्रोतबाट सिर्जित प्रस्तुत कृतिका शब्द–स्वरहरू सजीव र प्रभावशाली भएका छन् । त्यहाँका भोका–नाङ्गा नेपालीहरूको कष्टप्रद जनजीवन समथर स्थानमा बस्नेका लागि अकल्पनीय लाग्न सक्छ । यहाँ लेखकको संवेदनशील, राष्ट्रवादी तथा पाठकलाई बाँध्ने र प्रवाहित गर्ने क्षमता देखिन्छ । प्रस्तुत कृतिको प्रकाशनले नेपाली साहित्यमा आफ्नै किसिमले योगदान पुर्‍यउनेछ भन्ने आशा गर्दछौं

- साझा प्रकाशन