विवरण

click this link Website
pandulipi

हरियो राहदानी
युवराज नयाँघरे

मूल्यः US$6.95



'उस्तै हो । चार महिना अघि बल्ल रिन तिरिसकियो भन्थी । अस्ति कसको पो हातमा एउटा क्यामरा र सानो कम्पुटर हो कि के हो, पठाइथिई । मैले नानी यो पुटरसुटर चाहिन्न-पैसो पठान भन्या थेँ । खोइ मान्या होइन । त्यो डल्ले पुटरबाट कुरा गर्न, फोटो हेर्न मिल्छ भन्थी । उसले जस्तो पठाको, उस्तै बुइँगलमा छ । मुसाले गुँड लगाइरा होला ।'

 

'आमा हामीले कमाउन सकेनौँ । तपाईंलाई सुनले पुर्न सकेनौँ । बालाई नोटका लुगा पठाइदिन सकेनौँ । तैपनि खसी किन्ने खर्च चैं दुई हप्ताभित्र पठाइसक्छौँ । बजारको हुण्डीमा बुझ्दै गर्नुहोला ।'

 

'नेपालमा छँदा पो भाग्यनाथ । अब केको भाग्यनाथ । सबैले कान खोलेर सुन, म यो महान् महादेश युरोपको नागरिक भ्लादिमिर बोलिरहेको छु- आजका मितिदेखि मेरो नयाँ नाम राखिएको छ ।'

 

'पाँचदिन अघि एक डबका जाँड खाएथेँ । त्यसैको तालमा एक वर्ष पैले हालेका अगाडि पट्टिका चारवटा नक्कली दाँत मरङ्मरङ् चबाएर खाएछु मैले त ।'

 

'मिश्रिनीलाई सम्झना हुन्छ, घरी घरी उनको छोरो बहादुरेको चकचक । बलिरहेको बत्तीका खरानी झार्दै हराइरहेको हुन्थ्यो कहाँ कहाँ । उसको अनुहार र पढिरहेकी मिश्रिनीसँग सोध्ने प्रश्न धेरै भए पनि दिने उत्तर एउटै पनि थिएन ।'
(यसै सङ्ग्रह भित्रबाट)