विवरण

click this link Webseite
pandulipi

हरियो साइकल
गोविन्द वर्तमान

मूल्यः US$8.95


समग्रमा मैले चिनेको गोविन्द वर्तमान जनताका प्रखर लेखक हुन् ।
खगेन्द्र सङ्ग्रौला (सौर्य दैनिक, २०६९ कार्तिक १८)


साहित्यलाई लिएर गोविन्द वर्तमान अत्यन्त स्पष्ट थिए । सबभन्दा ठूलो कुरा उनको मन र मस्तिष्कमा असल र खराब साहित्यको बोधलाई लिएर कुनै अलमल थिएन ।
हरि अधिकारी (अन्नपूर्ण पोस्ट, २०६९ कार्तिक १८)

 

गोविन्द वर्तमान अशान्त समयका शक्तिशाली गद्यकार हुन् ।
नारायण ढकाल

 

गोविन्द अधिकारी– गोविन्द वर्तमान भएको खालि सोख र फेसनको कुरा थिएन । यो नामबाट नेपाली साहित्यमा साथर्क हस्तक्षपे गर्नुथियो उनलार्इ ।
राजव (हिमाल पाक्षिक, २०६९ कार्तिक १–१५)

 

गोविन्द वर्तमानका निबन्ध उनको कविताका आधारजस्ता लाग्छन् । त्यसैले तिनमा काव्यात्मकता पाइन्छ । तिनले यात्रा क्रममा भूगोलको व्याख्या गर्नु सट्टा मानिसको संवेदनभित्र पस्ने चेष्टा गर्छन् । तिनले बाटोमा भेटिएका मानिसहरुसँग प्रत्यक्ष संवाद गर्छन् र पाठकलाई आफूले भेटेको मानिसका सोच र संवेदनसँग साक्षात्कार गराउँछन् । तिनले आफ्नो युगको पीडालाई खुलस्त गर्छन् । यात्राको यात्रा उनका निबन्धको खास तत्व हो ।
श्यामल

 

कविता र कथाबाट साहित्ययात्रा सुरु गरेका गोविन्द वर्तमानको चौध–पन्ध्र वर्षयताको लेखन निबन्ध विधामा सक्रिय रह्यो । उनका संस्मरणात्मक निबन्धहरु सामाजिक जीवनलाई बुझ्न र अभिव्यक्त गर्नमा प्रभावशाली रहे । एउटा कविता, एउटा पुस्तक, एउटा जीवन, एउटा समाज वा सिङ्गो देश – उनका निबन्धका विषय अनेकन् छन् । ती निबन्धहरुमा उनको सिर्जनात्मक उपस्थिति ओजपूर्ण रहेको छ ।
शार्दूल भट्टराई (कान्तिपुर दैनिक, २०६९ कार्तिक ११)