विवरण

click this link Website
pandulipi


सानु घिमिरे

मूल्यः US $ 2.95


मुद्दा

 

थाहा छ मलाई

यो मुद्दाको कहिल्यै फैसला हुने छैन ।

तिमी र म उभिएकाछौँ दुईतिर

प्रमाणबिना

तर मुद्दासहित

कसरी पर्‍यो यो उजुरी ?

तिम्रो प्रहारले घाइते म

मेरो प्रहारले आक्रान्त तिमी

त्यही पनि त्यो आत्मीय लडाइँ

कसले दर्ता गर्‍यो यो सङ्घिन मुद्दा ?

को वादी, को प्रतिवादी ?

वकिलहरू कार्टुनजस्ता

तर्क सुन न

के गर्ला यो न्यायाधीशको फैसला ।

आऊ, गरौँ मिलापत्र

र कुरौँ अन्तिम निर्णय

समय छ सबैभन्दा बलवान्

म उसको निर्णय पर्खिन तयार छु

म यो मुद्दा बदर गर्न तयार छु ।

 

(यसै कवितासङ्ग्रहबाट)