विवरण

click this link Website
barbarik

गोधुली गुञ्जन
सुचित्रा खनिया

मूल्यः US$3.95

 

जिन्दगीका सारा खुसी सिसा सरी फुटेपछि

सबै धोको मनमै रह्यो उनको साथ छुटेपछि

 

ओइलिएर गयो जीवन मायाको साथ कुर्दाखेरि

वेदनाले झनै दुख्यो मनको घाउ पुर्दाखेरि

निरासामै ढल्यो जीवन असिनाले चुटेपछि

नथामिदै मायाको हात बीचैबाट छुटेपछि

 

न त सकेँ याद मेट्न, आफु सधैँ टाढा बन्न

न त पाएँ जुनीभरि तिम्रै मात्र हुन्छु भन्न

निर्दोष माया उखेल्नलाई आफन्त नै जुटेपछि

नथामिदै मायाको हात बीचैबाट छुटेपछि ।

 

(यसै सङ्ग्रहबाट)