विवरण

click this link Website
barbarik

घनचक्कर
सञ्जीव उप्रेती

मूल्यः US$6.95

 

वर्षौंदेखि प्रयोग नगरिएको हजुर बुबाको मर्फी रेडियो पुनः बोल्दै थियो, मानौँ त्यो कुनै जादुको रेडियो होस् । के कसैले त्यसमा ब्याटरी फेरेको थियो वा कसैले त्यसलाई प्रयोग गर्न थालेको थियो !

 

“नेपालको मधेस र पहाडमा जातीय दङ्गा फैलिँदै ।” बिबिसीले भन्दै थियो, “एकपल्ट फेरि नेपालगन्ज, इटहरी तथा फिदिममा दङ्गा तथा भीडन्त । स्थानिक नेताहरुद्वारा जातीय राज्यको माग र अनिश्चतकालीन बन्दको घोषणा । वसन्तपुर तथा दरबारमार्गमा राजसंस्थाका समर्थकहरुद्वारा विरोध प्रर्दशन । कलेजका युवाछात्रहरुको विरोधजुलुसद्वारा सवारीसाधनमाथि आगजनी...।”

अनायास आफ्ना दुवै हत्केला छाम्न पुगेँ । दुवै पसिनाले निथ्रुक्क थिएँ । शयनकक्षमा मस्त निदाइरहेकी वेदिकाको अनुहार झुलुक्क आँखामा आयो । अनि एकपल्ट पुनः घोरिएर दलिनको सोकेसमा सजाएका वस्तुलाई पालैपालो हेरेँ—पुतली, गुच्चा, डुङ्गा र सानो खोपिल्टोमा राखेको मर्फी रेडियो ।

 

के, घनचक्करको नयाँ शृत्रला सुरू हुन लागेको छ ? दुइटा छुट्टाछुट्टै यथार्थहरु एकअर्कामाथि सलबलाउँदै थिए । तीमध्ये कुन यथार्थ सत्य थियो र कनु कल्पनाको उपज भनेर खुट्ट्याउन नसकी म चुरोटको तलतल बिसर्रे दलिनमै टोलाएर उभिइरहेँ ।

(यसै उपन्यासबाट)