विवरण

click this link Website
barbarik

घामकिरी
नयनराज पाण्डे

मूल्यः US$5.95

 

“अब राजा भर्तृहरि पनि छैनन् । रानी पिङ्गला छैनन् । तबेलाको घोडीसित सम्भोग गर्ने र

रानी पिङ्गलालाई गुप्त रुपमा यौनसेवा प्रदान गर्ने भनिएको सइस पनि छैन अब । असमय

नै वृद्ध भएको ब्राह्मण या पतिबाट विरक्तिएकी ब्राह्मणी पनि छैनन् । देहव्यापारबाट विरक्तिएकी

रसमञ्जरी पनि छैन । सबै क्रमशः कालको ग्रास बने र संसारबाट विलीन भैसके । राजा

भर्तृहरिको मूल कथा र त्यसको सत्यतथ्यसित चलखेल गर्ने इतिहासकारहरु पनि त छैनन्

अब ! राजा भर्तृहरि पनि छैनन् । रानी पिङ्गला छैनन् । तबेलाको घोडीसित सम्भोग गर्ने र

रानी पिङ्गलालाई गुप्त रुपमा यौनसेवा प्रदान गर्ने भनिएको सइस पनि छैन अब । असमय

नै वृद्ध भएको ब्राह्मण या पतिबाट विरक्तिएकी ब्राह्मणी पनि छैनन् । देहव्यापारबाट

विरक्तिएकी रसमञ्जरी पनि छैन । सबै क्रमशः कालको ग्रास बने र संसारबाट विलीन

भैसके । राजा भर्तृहरिको मूल कथा र त्यसको सत्यतथ्यसित चलखेल गर्ने इतिहासकारहरु

पनि त छैनन् अब ! तर मायावी अमृत फल फेरि पनि यो संसारमा बाँकी छ । आजपर्यन्त

पनि बेलाबेला यो अमृत फल गरीब देशका मनुवाहरुको हातमा परिरहन्छ र यसको असरले

उनीहरुलाई चमत्कारपूर्ण र मायावी संसारमा फनफनी रिँगाइरहन्छ । अब चमत्कार यही

फलले देखाउँछ । यही फलको सेवनपश्चात् तँभित्र जागृत हुनेछ माया र प्रेमको भावना ।”

बाबाले आश्वस्त गराए मलाई ।

 

बाबाजीका शब्दहरु दूरदर्शनमा प्रसारित हुने विज्ञापन जस्ता थिए । तर पनि मैले अब

उनीसित तर्क गर्नु उचित ठानिनँ ।

 

“यो विश्वका सात आश्चर्य के हुन् ?” अघोरी बाबाले प्रश्न गरे । सजिलो प्रश्न । ताज

महल, पनामा नहर, मिश्रको पिरामिड, एम्पायर स्टेट बिल्डिङ, ग्रेटवाल, ह्याङ्गिङ

गार्डेन र भिक्टोरिया फल्स । मैले जवाफ दिन मात्र के लागेको थिएँ, बाबाले रोकिदिए ।

“अहिले जवाफ दिनुपर्दैन । यो फल खाएर जवाफ दिनू ।” यति भनेर उनले मयूरको प्वाँखको

कुचोले मेरो शिर थपथपाए ।

 

“चिन्ता नगर्, अब तेरो दिमाग ठीक ठाउँमा आउँछ ।”

 

आशीर्वाद दिइसकेपछि बाबाजी चीडको रुखमा आड लागेर लघुशङ्का गर्न थाले । मेरो

ध्यान आफ्नो हातको फलमै थियो । निकै बेरसम्म पनि उनी फर्केर नआएपछि मैले लघुशङ्का

गर्न गएको स्थानतिर हेरे“ । उनी त्यहाँ थिएनन् । कतै थिएनन् । उनी अन्तध्र्यान भैसकेका

थिए ।

बाबाजी अन्तध्र्यान भएको ठाउँमा तीन वटा अचम्मका कुरा थिए— चीडको हाँगामा

तुर्लुङ्ङ झुन्डिएको खरानीको पारदर्शी वस्त्र, उनको गुप्ताङ्गको एकचौथाइ भाग ढाक्ने

लँगौटी र नेपाल सरकारबाट जारी गरिएको पासपोर्ट, जसमा बाबाजीको सुट र टाईमा

सजिएको फोटो टाँसिएको थियो । त्यसको पछिल्लो पानामा युरोपका विभिन्न देश र

अमेरिकाका भिसा लागेका थिए ।

 

चौथो अचम्मको कुरा पनि थियो भुइँमा । परिवार नियोजनको अस्थायी साधन । एक जोडी

कन्डम ।

 

मनमा प्रश्नहरु उब्जिए । के यी अघोरी बाबाले पनि सेवन गर्छन् प्रेम र वासना जागृत

गराउने मायावी फल ? पासपोर्ट र भिसा लिएर के यी पनि प्रेमकै खोजीमा भौँतारिइरहेछन्

देशदेशावर ? के खरानी यिनको आवरण हो ? के संसारको हरेक मानिस यस्तै आडम्बर लिएर

बाँचिरहेको छ ?

 

तर मैले कुनै पनि प्रश्नको जवाफ पाइनँ । यी अघोरी बाबा मेरो जीवनमा कस्तो खालको

विम्ब, प्रतीक र मिथक बनेर देखा परेका हुन् भन्ने कुरा मेरा लागि सधैँ रहस्य नै रहिरह्यो ।

(यसै उपन्यासबाट)