विवरण

click this link Website
pandulipi

छुटेको साथ
सरीता श्रेष्ठ

मूल्यः US$7.95

सीताजी कृति अवार्ड २०६९ द्वारा पुरस्कृत

उमेर छँदै सुखद दाम्पत्य जीवनमा बज्रपात परेपछि घाइते श्रीमतीको विह्वल-वेदनाका ताता आँसुहरुले यो पुस्तकका पानाहरु भिजेका छन् । यो पुस्तक गद्य शोक-साहित्य हो । सरिताजीले समयलाई समातेर एउटा रचनात्मक कार्य गर्नुभएको छ ।

  • भरतजङ्ग उप्रती, पत्रकार

 

सरिताजीको आँसुका थोपाथोपाले यो पुस्तक सृजना भयो । उहाँको साहित्यिक वाक्यहरु अति नै मर्मस्पर्शी छन् । एउटा असाध्य रोगले ग्रसित बिरामीको अवस्था र उपचारका प्रयासका शब्दचित्र छर्लङ्ग पार्नमा उहाँ साहित्य साधकभन्दा कम हुनुहुन्न । यो पुस्तकले नवराजकुमार श्रेष्ठलाई अमर बनाएको छ ।

  • लुमडीप्रसाद खनाल, प्राध्यापक

 

प्रस्तुत कृति यथार्थपरक विवरणमूलक सरल शैलीको सुन्दर पठनीय रचना हो । परम्परागत तथा प्रचलित साहित्यिक विधा-उपविधाका सैद्धान्तिक सीमाअन्तर्गत हुनुपर्ने आग्रहहरुलाई पन्छाएर हेर्दा यो सुन्दर साहित्यिक रचना हो ।

  • फणीन्द्रराज काफ्ले, प्राध्यापक

 

सरिता मिसद्वारा आफ्नो अस्वस्थ पति नवराजको औषाधी-उपचारका लागि स्वदेश र विदेशका चिकित्सालयहरुमा गरेको प्रयास, इष्टमित्रहरुबाट प्राप्त सहयोग र नवराजजीको निधनपछि विछोडको अलाप-विलाप, वह्वल, वेदना र क्रन्दनयुक्त शोक-साहित्यका शब्दावलीहरु यस पुस्तकमा उल्लेखनिय रुपमा प्रस्तुत भएको छ ।

  • भुवनेश्वर प्रधान, शिक्षा अधिकारी