विवरण

click this link Website
pandulipi

छातीभरि दुख्छ देश
अनेगम

मूल्यः US$9.95



शुभकामना

 

प्रतिभाहरूलाई एकै ठाउँमा एकत्रित गरी छातीभरि दुख्छ देश शीर्षकमा समस्यापूर्ति गजलकृति निस्कन लागेको थाहा पाउँदा सारै हर्षित छु । यस्तो उत्साहजनक काम हुनु जरुरी पनि थियो ।
- ज्ञानुवाकर पौडेल

 

मानिसको जिन्दगीमा ठूलो भन्ने कुरा केही छ भने, त्यो आँट नै हो । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको यो आँटलाई बूँद राना सलाम गर्दछ । प्रस्तुत प्रकाशनले पक्कै पनि पाठकको हृदयमा आसन जमाउने छ ।
- बूँद राना

 

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले प्रकाशन गर्न लागेको एउटै रदिफमा लेखिएको झन्डै एक सय जनाका गजलहरू समेटिएको छातीभरि दुख्छ देश नाम गरेको यस संयुक्त गजलसङ्ग्रहको पूर्ण सफलताको कामना गर्दछु ।
- ललिजन रावल

 

नेपाली गजल अब विश्वका कुनाकुनामा गुन्जन लागिसकेको छ । यो कृति त्यसैको एउटा उदाहरण हो र साँच्चै उदाहरणीय कृतिकै रूपमा यो सङ्ग्रह स्थापित हुन सकोस् । हार्दिक शुभकामना ।
- रवि प्राञ्जल

 

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले विभिन्न स्रष्टाले एउटै रदिफमा लेखेका समस्यापूर्ति गजलहरूको संयुक्त सङग्रह नै प्रकाशन गर्दैछ । म यस प्रकाको प्रयोग सकारात्मक होस् र नेपाली गजलको स्तरोन्नतिमा सहयोगी सिद्ध हुन सकोस् भन्ने कामना गर्दछु ।
- डा. घनश्याम परिश्रमी

 

अनकौं समस्याहरूबाट देश गुज्रिरहेको अवस्थामा मूलतः देशभक्तिकै भाव आउने गरी र गजल लेख्नका लागि रदिफ हुने गरी विषय दिनु निकै उचित छ भने यसले गजलकारको विशेष सामथ्र्य पत्ता लगाउन पनि सहयोग पुर्‍याउँछ । यस्तो सह्रानीय कार्यको सफलताका लागि म हार्दिक शुभकामना व्यक्त गर्दछु ।
- प्रा. डा. कृष्णहरि बराल

 

भविष्यमा पनि यस्तै ऐतिहासिक सङ्ग्रह प्रकाशित गर्नका लागि अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च प्रयासरत रहिरहेमा सबकै सहयोग प्राप्त गनर्छे भन्ने कामना पनि गर्न चाहन्छु ।
- करुण थापा