विवरण

click this link Website
pandulipi

चम्पारन ब्लूज
रोशन शेरचन

मूल्यः US$5.95



चम्पारन ब्लुजमा रोशन आफ्नो नियति गाँसिएको समाज र मानवतातर्फ उन्मुख छन् । यस सङ्ग्रहका निबन्धहरु पोखरा, भैरहवा र जोमसोममा उनको त्रिकोणीय हुर्काइको नागबेली भोगाइ, पठनयात्रा, लेखकहरुप्रतिको सम्मोहन र सोको क्रमभङ्ग एवम् उनको क्रमिक वैचारिक रुपान्तरणको सुन्दर अभिलेख हो । देशदेशावरमा आर्जित अनुभूति र अनुभवले यस संगालोलाई रङ्गको बहुलता र रसको विविधता दिएको छ । रोशनको रुचिको विषय वैयक्तिकता हो । तर, उनी अचेतनमा निर्मित विम्ब र अभिव्यक्तिको स्वस्फूर्तताबीच समागमको पैरवी पनि गर्छन् । एलेन गिन्सवर्गको वागी सोच र सिर्जनाको नवीनताको आदर्शमा रोशन लेखनको अर्थ र महत्ताको खोजी गर्न तल्लीन छन् । जीवनको सुन्दरता गतिशील हुनुमा छ भन्ने रोशन कथनको दसी उनका यी निबन्धहरु हुन् । यी निबन्धहरु पठनीय र मननीय छन् ।

  • खगेन्द्र सङ्ग्रौला

 

चम्पारन ब्लुजभित्रका निबन्धहरुमा परिस्कृत हुँदै गएको मानिसको जीवनका विविध रङ्गहरु प्रभावशाली ढङ्गले उपस्थित छन् । ती रङ्गले निबन्धहरुलाई कलात्मक गतिशीलता प्रदान गरेका छन् । निबन्धकार रोशन शेरचनका यी निबन्धहरु स्यामुएल बेकेटले परभाषित गरेझैँ 'विकीर्ण चिन्तन' नभएर समाजप्रति उत्तरदायी विचारका एकीकृत स्वरुप हुन् । विचारलाई आख्यानको आनन्द प्रदान गर्ने गरी संस्मरणात्मक शैलीमा प्रस्तुत गर्न निबन्धकार सक्षम भएका छन् । खास गरी, हजार मुजा एउटै आकाश, माओवादी छायामुनि जिन्दगीका डोबहरु, माछापुच्छ्रे, होस्टेलका गुच्चा, गिन्सवर्गको चेतना र कविताको लोकतान्त्रीकरणजस्ता निबन्धले रोशन शेरचनलाई निबन्ध साहित्यको अग्रस्थानमा उभ्याइदिएका छन् ।

  • गोविन्द वर्तमान