विवरण

click this link Website
pandulipi

विक्रीमा यो जिन्दगी
गोवर्द्धन पूजा

मूल्यः US$ 2.95

<

 


एक्लै किन हिजोआज ? भनी सोध्यो जूनले
मैले भनेँ— जिन्दगीलाई गर्नुगर्‍यो नुनले !

साग–सिस्नु खा'को बेश —भन्थे महाकवि
मुनालाई टाढा पार्‍यो मदनको सुनले

सबै कुरा त्याग्नुपर्ने बाँच्नुपर्ने एक्लै
आकाङ्क्षाको अन्न खायो पैसारूपी घुनले

मातृभूमि पराई हुन्न टाढा रहे पनि
रुन्छ मन, सुक्छ घाँटी, त्यो आमाको गुनले 

एक्लै किन हिजोआज ? भनी सोध्यो जूनले
मैले भनेँ— जिन्दगीलाई गर्नुगर्‍यो नुनले !


पानी पर्‍यो होला गाउँमा मकै छर्दै होलान्
हात समाई कान्छा–कान्छी खोला तर्दै होलान्

'बूढो भएँ बाबु' भन्थे गाउँका जेठा बाजे
आँगनीमा नाति खेलाई आराम गर्दै होलान्

अम्मली थे मानेदाइ लाउनै पथ्र्यो सर्को
सुर्तीको पात सेकाएर चिलिम भर्दै होलान्

मेलोमेसो मिलाउन जान्ने थिए ठूल्दाइ
खेतालालाई खाजा जोर्न बेँसी झर्दै होलान्

कर्‍याङकुरूङ कर्‍याङकुरूङ गर्दै चराहरू
सन्देश बोकी गाउँ–गाउँ बसाइँ सर्दै होलान् ।

 

(यसै संग्रहबाट)