विवरण

click this link Website
pandulipi

भागीरथा प्रसाइको निर्वाण
इन्दिरा प्रसाई

मूल्यः US$2.95

‘त्यसो भनेर कहाँ हुन्छ र ! आमा खानुपर्छ, अगि भोक लाग्यो  भन्नुभाको  होइन ? यी हेर्नू त मैले खानेकुरा पनि ल्याइसकेँ ।’ मैले उहाँलार्इ  स्मरण गराउँदै भनेँ । तर उहाँले खान मान्नु भएन ।

त्यस बेलासम्म नरेन्द्रलाई केही थाहा थिएन । नरेन्द्र दिउँसो हत्तपत्त सुत्नुहुन्न; तर राति उहाँ मस्त निदाउँनुहुन्छ । दिनभरि थाकेको मानिसलार्इ  राति किन निदा्र मा बाधापार्नु भनरे म पनि सकेसम्म उहाँलाई राति उठाउँदिनँ । तर अब आमाले निकै अप्ठेरो पार्नुभएको थियो ।

खानेकुरा दिँदा ‘खान्नँ’ भन्नुहुन्छ, अनि ल न त भैगो खानु भएन भनेर सुतौँ न त भने भरे फेरि ‘खान्छु’ भन्नुभयो भने के गर्ने ? त्यसैले मैले नरेन्द्रलाई उठाएँ । सबैकुराको जानकारी पाएपछि नरेन्द्र आमाको कोठामा आउनुभयो ।

नरेन्द्रले भनेको कुरा आमा लुरुक्क परेर मान्नुहुन्थ्यो पनि । ‘खान्छु भनेपछि खानुपर्छ, मेरी आमा ! ल खानुस् त !’ अनि नरेन्द्रले भनेपछि आमाले खुरुखुरु खानुभयो ।

त्यस घटनापछि हामीले हाम्रा कोठाको ढोका खुल्लै राखेर सुत्ने गरेका थियौँ । सुमीले आमालाई अप्ठेरो परेको कुरा भन्नुपर्दा पनि बन्द ढोका र मस्त निद्राका कारण हामीले थाहा नपाउँला भन्ने
डरले ढोका खुल्लै राखेर सुत्नु हामीलाई उपयुक्त लागेको थियो । 

जाडो महिनाको घाम ताप्न सकिने हाम्रो घरको एकमात्र स्थान हाम्रो कौशी (छत) मा मेरी सासूका साथमा नरेन्द्र, सुमी र म पनि थियौँ । त्यही एकमात्र हाम्रो घामको सहारा पनि हाम्रो दक्षिणतर्फका स्वनामधन्य छिमेकीले उनको निजी जग्गामा एकइञ्च जग्गासमेत नछोडी छतल्ले घर बनाइदिनाले हाम्रो कौशीमा आउँने घामले कञ्जुश्याईं गर्ने नै भयो । तर पनि जजे ति घाम हामीले पाउनँ सक्थ्यौँ त्यसैमा हामी हाम्री आमालाई तताउन चाहन्थ्यौँ । नरेन्द्रले आमाका लागि भनेर एउटा सानो घाम ताप्ने छाप्रो पनि त्यहाँ हालिदिनुभएको छ ।

‘आमा ! मैले यो तपाईंका लागि बनाइदिएको  हो ।’ छाप्रो हाल्दै गर्दा नरेन्द्रले आमालाई भन्नुभएको थियो । ‘तिमीहरूलाई पनि हुन्छ नि ! म सधैँभरि हुन्छु र ?’ मेरी सासूले मुसुमुसु हाँसेर छोरालाई जवाफ दिनुभएको थियो । २०६९ सालको जाडोको घाम ताप्ता यो कुरा वारम्बार नरेन्द्र र मैले सम्झिरह्यौँ । अब मेरी सासू सम्झनाकै विषयमात्र त हुनुभयो नि ! हुन त सबै मानिस एकदिन सम्झनामा मात्रै रहने हो । यो क्षणभङ्गुर नश्वर देह कुन बेलासम्म रहने हो, कसलाई के थाहा छ र ?।


(यसै संस्मरणबाट)