विवरण

click this link Website
yayavar

बेकारीमा उपन्यास
राजव

मूल्यः US$6.95


चिनेजानेकाहरु उसलाई घाउ पार्न सोध्थे, “के गर्दैछौ ?”
उ भन्थ्यो, “भर्खर एमए सिध्याएँ !”

तर तिनको चित्त बुझ्दैनथ्यो । त्यसकारण उसलाई घाइते नपारी नछोड्ने तारोमा ती फेरि तीर मार्थे, “काम के छ ?”
ऊ बाध्य हुन्थ्यो र भन्थ्यो, “खोज्दैछु ।”

 

वास्तवमा ती दिनहरुमा ऊ सय किलोमिटर प्रतिघण्टाको गतिमा कामै खोज्दैथियो । उसले खोज्ने कुरा अरु थिएन पनि । कता पाइएला काम ? ऊ यसैमा कुदिरहेको थियो । ऊ नगरमा कीरा सरी जन्मिएका, झारसरी उम्रिरहेका स्कूल, कलेज, एनजीओ, आइएनजीओ, अखबार र हार्डवेयर पसलहरुसम्म धाइरहेको थियो । तर, कतैपनि कामसँग उसको भेट भएको थिएन । यद्यपि उसँग एमएको उत्तम श्रेणीको उपाधि थियो । तर त्यो उपाधि देखाएर उसले कतै काम सुँघ्न पाएको थिएन । तथापि उसलाई आफ्नू उपाधिको विश्वास थियो । त्यसकारण काम खोज्ने कुदाइको गति उसले रोकेको थिएन । ऊ कुद्याकुद्यै थियो र सोध्ने

कसैलाई “भर्खर एमए सिध्याएँ” र, कसैलाई “काम खोज्दैछु” भन्ने गर्थ्यो ।

 

एकदिन त्यस्तै कुनैलाई झोक्किएर भनेको थियो, “पिएचडी गर्दैछु !”

 

त्यसपछि अरुलाई पनि ऊ “पिएचडी गर्दैछु” भन्न थालेको थियो ।

कदिन त एउटाले ऊसँग थप सोध्यो,

“के मा पिएचडी ?”

“नेपालको बेकारीमा !”
“गजब !” त्यसले भनेको थियो ।

 

यस्तो जवाफ दिँदा उसलाई साँच्चीकै पिएचडी गरौ“ कि भन्ने लागेको थियो । त्यसकारण ऊ यसबारे सल्लाह लिन प्रोफेसरकहा“ पुगेको थियो ।
उसको कन्थो सुनिसकेपछि प्रोफेसरले उसलाई भनेको थियो, “एउटा काम गर ।”
“के काम सर ?” उसले उत्सकु हुँदै साधेको थियो र प्रोफेसरले उसलाई भनको थियो,
“यो पिएचडीको चक्कर छोड ।”
“किन सर ?”
“यसले तिमीलाई खान दिँदैन ।”
“त्यसो भए ?”
“बरु उपन्यास लेख्न थाल ।”