विवरण

click this link Website
pandulipi

वेदान्त शास्त्र सिद्धान्त सारसङ्ग्रह
अनु. नारायण शर्मा

मूल्यः US$4.95

यस पुस्तकमा आत्मा के हो ? त्यसको लक्षण कस्तो हुन्छ ? दुःखहरूको कारण के हो ? दुःखबाट मुक्त हुने उपाय के हो ? मनुष्यको वास्तविक स्वरूप के हो ? आत्मज्ञान प्राप्त गर्ने यथार्थ विधि के हो ? आत्मज्ञानबाट कसरी दुःख हट्न सक्दछ ? मुक्त पुरुषको अवस्था कस्तो हुन्छ ? भन्ने जस्ता अत्यन्त जटिल अनेकौँ प्रश्नहरूको गुरु र शिष्यको सवांदका रूपमा समाधान गरिएको छ, जसबाट शिष्यको अज्ञानले ढाकिएको ह्दय ग्रन्थि खुल्दछ तथा ऊ अज्ञानबाट यथार्थ रूपमा मुक्त भएर आनन्दमय सागरमा डुबुल्की मार्न सफल हुन्छ र उसले आफ्नो जीवनलाई धन्य बनाउँछ । यस ग्रन्थको यथार्थ सार यही हो ।

 

मनुष्य जड नभएर चेतन आत्मा हो, जसलाई बिर्सिएर ऊ भौतिक पदार्थहरूमा आकर्षित भएको हुन्छ । यही उसको ह्दय ग्रन्थि हो, जसलाई आत्मज्ञानका माध्यमद्वारा काट्न अथवा हटाउन सकिन्छ । यस पुस्तकमा यसका विषयमा यथार्थ रूपमा वर्णन गरिएको छ, जुन वेदान्त ग्रन्थहरूको सारतइभ्व हो । यसको अध्ययन अथवा चिन्तन– मननद्वारा मनुष्यले आफ्नो यथार्थ स्वरूप ‘आत्मा’ का विषयमा ज्ञान हासिल गर्न सक्दछ तथा जसका माध्यमबाट ऊ यो सांसरिक सागरबाट सधैँका लागि मुक्त हुन सक्दछ ।

(यसै पुस्तकबाट)