विवरण

  Website
pandulipi

बदलिंदो क्षितिज
गीता केशरी

मूल्यः US$2.95



बदलिँदो क्षितिज गीता केशरीका एघारौँ उपन्यास । यो सङ्ख्या स्वयम‍मा एक कीर्तिमान हो । लगभग एकसय वर्षको नेपाली उपन्यासमा नारी स्रष्टा धेरै दिनसम्म दुर्लभ थिए । आज एकै जनाले यतिधेरै सिर्जना गरेको देख्नु पछि आएर पारिजात र बानीरा गिरीले यस विधालाई उचाई दिए ।
- गोविन्दराज भट्टराई

प्रसिद्ध उपन्यासकार गीता केशरीको पछिल्लो उपन्यास ‘बदलिँदो क्षितिज’ पढ्दा समय, गति र अवरोधका यस्तै बिम्ब नाच्दैरहे मेरा मगजमा । विगत पौने शताब्दीको नेपाली चिन्तन र चरित्रका तीन पुस्ता चित्रित छन् उपन्यासमा । वि.सं. १९८८ देखि २०६३ सम्मको अवधि नेपालको सामाजिक युगपरिवर्तनको सन्धिकाल हो । उथलपुथलको यस सङ्क्रमणकालमा सामाजिक र सांस्कृतिक चेतनाको प्रारम्भ, उत्थान र उत्कर्षका क्रमबद्धता देखा पर्छ । यी तीन चरणका प्रतिनिधि राजनीतिक घटना हुन् वि.सं. २००७, २०४६ र २०६३ ।
- मोदनाथ प्रश्रित


गीता केशरी नेपाली साहित्यका सन्दर्भमा निस्सन्देह एक अग्रणी उपन्यासकार हुनध्र । उनका प्रकाशित दशवटा उपन्यास नै यस कुराको दसी भएका छनध्र । योसमेत एघार उपन्यास लेखेर महिला उपन्यासकारको पङ्तिमा उनी पहिलो स्थान प्राप्त गर्न समर्थ भएकी छिन् ।
- भवानी घिमिरे


उपन्यासको शीषर्क बदलिँदो क्षितिज अत्यन्त उपयुक्त र समयसापेक्ष छ । जगत् र यसका हरेक क्रियाकलापहरू परिवर्तनशील छन् र यसैअनुरूप हाम्रा क्रियाकलाप आचार–विचार, बानी–व्यवहार र सोचमा लक्ष्यसहितको परिवर्तन भएमा मात्र उन्नति र विकासको मार्गमा अगाडि बढ्न सकिन्छ । बदलिँदो क्षितिजमार्फत लेखिकाले सामाजिक विभेद, लैङ्गिक असमानता, बालअधिकार, दाइजोप्रथा, बोक्सी, मादक पदार्थको कुप्रभाव र भ्रष्टाचार जस्ता राष्ट्रिय रोगका रूपमा रहेका सामाजिक विकृति र विसङ्गतिबारे आवाज उठाउँदै पुरातनवादी सोचमा निरन्तर परिवर्तन नै समयसापेक्ष हुन्छ भन्ने विचार व्यक्त गर्नु भएको छ ।
- मानबहादुर बिश्वकर्मा