विवरण

Website
pandulipi

बा
बाबु त्रिपाठी

मूल्यः US$2.95



बाबुको यो “बा” गजलसङ्ग्रह न केवल यिनका समकालीन–यिनी अगाडि र पछाडिका सवै पुस्ताका लागि पठनीय ठहरिने
विश्वास लिएको छु।
- ज्ञानुवाकर पौडेल

उहिले उहिले गजलका विद्वानहरू भन्थे,गजल स्त्रीसँगको प्रयुक्त वाणी हो, प्रेमीकासँगको कुराकानी हो, तर अचेल बाबुका गजलहरू बासँग सम्बाद गर्न थालेका छन्।
–मनोज न्यौपाने

नेपाली गजलमा उसको स्थान कहाँ रहला? त्यो त भविष्यले नै बताउला। तर नजिकबाट चिनेको नाताले म ढुक्कसँग भन्न सक्छु–बाबु त्रिपाठी आधुनिक नेपाली गजलको एउटा युग जन्माउने व्यक्ति हुनेछ।
–माधव खतिवडा

देखाइ र बुझाइको श्रद्धा र पूजा हो बा गजलसङ्ग्रह। छोराले लेखेको बाको बयान र बा मा उत्रिएको छोराकेा गहिरो समर्पणमा यी दुई बाउ छोराको
कद कुन तल कुन माथि छ, यो हिसाब नगरौँ हामी।
–जोतारे धाइबा

बाबुका गजलहरूले नेपाली गजलको रङ परिवर्तन गरेको छ।
–आर.के अदिप्त गिरी

मसँग शुभकामनाका शब्दहरू कम हुन थालिसकेका छन्, तर बाबु त्रिपाठीसँग गजलको कहिल्यै नसिद्धिने भ48डार देखेर म आश्चर्य चकित छु। पहिलो, दोस्रो, तेस्रो, र अब यो चौथो। अझ कति संस्करण पुग्ने हुन् थाहा छैन, तर जति पुगे पनि उनको गजलहरू पढ्न सधैँ उत्तिकै आनन्द मिल्छ ।
–डा.सुधा शाही