विवरण

click this link Webseite
pandulipi

अणु र पहाड
रविन्द्र समीर

मूल्यः US$5.95


विवरण

रवीन्द्र समीर लघुकथा विधामा अग्रणी नाम हो । समीरका ६ वटा लघुकथा सङ्ग्रह सहित आठवटा साहित्यिक कृतिहरु प्रकाशित भएकाछन् ।

 

अणु र पहाड लघुकथा सङ्ग्रहमा पैंसठ्ठीवटा विभिन्न शैलीका लघुकथाहरु सङ्ग्रहित छन् । यी लघुकथाहरु मार्फत समीरले व्यक्ति तथा समाजको छिन्द्रान्वेषण गरेर विकृति, विसंगति तथा द्वैधचरित्रमाथि तीक्ष्ण व्यङ्ग्य गरेका छन् । मन, वचन र कर्ममा देखिएका असन्तुलनलाई सटिक ढंगबाट उजागर र प्रहार गर्नु समीरको मौलिक विशेषता हो ।

 

मनोवैज्ञानिक उत्खनन अणु र पहाडको आत्मा हो ।

 

लघुकथा - बहाना


- 'बाँसको तामा बढेझैँ आज चिसो बढेको छ ।’
उनी मौन रहिन् । उनको मौनतामा धैर्य छ ।

 

- '‘बिहान त तुषारोको बिस्कुन पनि लागेको थियो ।’
मैले हिउँ पगाल्ने प्रयत्न गरे । उनी ढुङ्गा बनिरहिन् ।

 

– 'पोहोर साल त यसरी मुटु काँपेको थिएन ।’
उनले तरकारी चलाइरहिन् । तर उनको मनमा पनि चुलो सल्किन थाल्यो ।

 

- 'आकाश पनि चुहिएलाजस्तो छ ।’
उनको मौनव्रत कायम रह्यो । तर उनी मनमनै बोलिरहिन् ।

 

- ‘यस्तै हो भने रुघाखोकी लाग्न के बेर ?’
खप्नै नसकेपछि उनले आगो ओकलिन् – ‘किन अनेक बहाना गर्नुपर्‍यो ! खोले हुन्छ नि रक्सीको बोतल !’